काठमाण्डु, १३ फागुन– एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाहिरबाहिर एकअर्काविरुद्ध चर्को अभिव्यक्ति दिँदै आएका छन् ।
ओलीले प्रचण्डमाथि भारतको योजनामा प्रधानमन्त्री भनेको र भारतकै लागि काम गरिरहेको आरोप लगाउने गरेका छन् । प्रचण्डले भने ओलीले पहिल्यैदेखि परिवर्तन विरोधी कित्ताको नेतृत्व गर्दै आएको र पछिल्लो समय प्रतिगामी हावा चलाइहरेको आरोप लगाउँछन् । पहाड, हिमाल र तराई मिल्नै नदिने र बाह्य राष्ट्रियताको मात्र कुरा गरेर आन्तरिक राष्ट्रिता कमजोर पारेर अन्ततः मुलुक विखण्डन गर्ने योजनामा ओली रहेको दाबी प्रचण्डको छ ।
तर, पछिल्लो समय दुई नेता अस्वाभाविक रुपमा जनिकिएका छन् । उनीहरुबीच बाक्लै भेटघाट र छलफल हुन थालेको छ । पछिल्लो समय उनीहरुबीच बिहीबार सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीको कार्यकक्षमा छलफल भयो । घर्तीसमेत सहभागी बैठकमा एमालेले संविधान संशोधन प्रस्ताव अघि बढाउन दिने सहमति जनाएको थियो । तर, त्यो भन्दा अघिल्लो रात अर्थात बुधबार राति ओलीसहित एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतम खुसुक्क बालुवाटार पसे । राति १० बजेतिर बालुवाटार पसेका एमाले नेता त्रय दुई घण्टापछि रातको १२ बजे बाहिरिए । बालुवाटार उच्च स्रोतका अनुसार छलफलमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी थिए ।
छलफलले दुई पार्टीबीचको सम्बन्ध सुधार गरेर भावी सत्ता गठबन्धन निर्माणसम्म जान सकिने निस्कर्ष निकालेको छ । केही दिनअघि ओली निवास बालकोटमा पनि दुई दलका नेताबीच गोप्य छलफल भएको थियो । उक्त छलफलमा एमालेबाट ओली र उपनेता सुवास नेम्वाङ तथा माओेवादीबाट अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठ सहभागी थियो । माओवादी नेता श्रेष्ठको पहलमा उक्त छलफल भएको थियो । करिब दुई साताअघि पनि श्रेष्ठले ललितपुरको हरिसिद्धिस्थित आफ्नै निवासमा ओली र भीम रावल तथा प्रचण्डबीच वार्ता गराएका थिए । उक्त वार्ता लगत्तै श्रेष्ठ पार्टी निकट अखिल भारत नेपाली एकता समाजको एकता भेलामा सहभागी हुन भन्दै दिल्ली पुगेका थिए । चार दिने दिल्ली बसाइका क्रममा उनले सत्तारुढ भाजपा र कँग्रेस आईका नेतासँग भेटभाट गरेका थिए ।
देउवा शसंकित
दुई प्रमुख कम्युनिष्ट पार्टीका नेताबीच सुमधुर सम्बन्ध बन्दै गएकामा प्रमुख सत्तारुढ घटक काँग्रेस सभापति शेरबहादुर देउवा भने झस्किएका छन्. । प्रचण्ड र ओलीको सम्बन्ध सुध्रिएको अवस्थामा पूर्वसहमतिअनुसार आफूलाई प्रधानमन्त्री नदिई प्रचण्ड एमालेतिर मिल्ने हो कि भन्ने चिन्ता देउवालाई छ ।
देउवाले आगामी ३१ वैशाखका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचन भए वा नभए दुवै अवस्थामा आफूलाई सत्ता सुम्पन प्रधानमन्त्रीलाई दबाब दिइरहेका छन् । स्रोतका अनुसार एमाले र माओवादी नेतृत्वबीच भइरहेका गोप्य छलफलबारे सूचना पाएपछि देउवाले प्रचण्डसँग त्यसबारे जानकारी मागेका छन् ।काठमाण्डु टुडेको सहयोगमा

0 comments:
Post a Comment