काठमाडौं । बलिउडका तीन खान अर्थात, सलमान, शाहरुख र आमिर कयौँ वर्षदेखि बक्स
अफिरमा सफल हुँदै आएका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
भारतमा त के पनि चर्चा हुन्छ भने यी तीन खानलाई बक्स अफिसमा कसैले पनि भेट्टाउन सक्दैन ।
तर, कमाइको सन्दर्भमा यी तीनै खानलाई अभिनेता अक्षय कुरमारले निकै पछाडी छोडिदिएका छन् । केही वर्षयता अक्षयका फिल्म अरु तीन खानका भन्दा बढी सफल छन् ।
अक्षयका चार फिल्म 'एयरलिफ्ट', 'हाउसफुल –३', 'रुस्तम' र 'जोली एलएलबी २' ले १३ महिनामा एक सय करोडभन्दा धेरैको व्यापार गर्यो ।
उता सलमान र आमिरका फिल्म 'प्रेम रतन धन पायो', 'बजरंगी भाइजान', 'सुल्तान', 'पिके' र 'दंगाल'ले क्रमशः दुई सय १० करोड तीन सय २० करोड, तीन सय ८७ करोड भारतीय रुपैयाँको व्यापार गरे । तर, यी फिल्मले कमाएको रकम र अक्षयका फिल्मले रिलिज भएपछि कमाएको रकमबीच समयको ठूलो अन्तर छ ।यसको अर्थ अक्षयको फिल्मले वर्षभरमा जति व्यापार गरेका छन्, त्योभन्दा बढी व्यापार गर्न खानका फिल्मलाई एक वर्षभन्दा बढी लागेको छ । त्यसैले, अहिले बलिउडमा चर्चा चल्न थालेको छ–खानलाई अक्षयले पछारेका छन् ।

0 comments:
Post a Comment