काठमाडौं । बिहिवार जंगी अड्डामा आयोजित विशेष समारोहमा प्रधानसेनापति राजेन्द्र क्षेत्रिले मुलुकलाई विखण्डन गर्ने, हतियार उठाउने धम्की दिदैं आएका समूहलार्इ नामेट पार्न नेपाली सेना तयारी हालतमा रहेको बताए । नेपालमा अवाञ्छनीय गतिविधि, देश टुक्राउने धम्की दिने र हतियार उठाउने बताउँदै देशको राजनीति र सुरक्षा अवस्था खल्बल्याउनेहरुलाई सिद्ध्याउने क्षत्रिको सार थियो ।


तराईमा डा. सिके राउत र पहाडमा नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई निस्तेज पार्ने क्षेत्रिले घुमाउरो ढंगले बताएका थिए । क्षेत्रिले कुनै संमूहको नाम नलिएपनि उनको अभिव्यक्तिले प्रष्टै बनाउथ्यो । तराईमा हिंस्रक र विखण्डनकारी गतिविधि सिके समूह, तराईकै अन्य हतियारधारी भूमिगत समूह र राजनीतिको आडमा हतियार उठाउने धम्की दिएको विप्लवहरुले सुरक्षा अवस्था खल्लल्याएको भन्दै छलफलमा चर्चा भएको थियो ।



राष्ट्रिय हितविपरित उत्पन्न हुनसक्ने आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको सामना गर्न सेना तयार रहेकोसमेत बताए ।पहाडमा विप्लव, तराई मधेशतिर सिकेले अन्य हतियारधारी समूह्संग साँठगाँठ बढाएर अबको दिनहरुमा उनीहरुले खतरापूर्ण  स्थिति अाउनसक्ने भएकाले बेलैमा तयारी भएर उक्तगतिविधि अन्त्य गर्न लाग्नुपर्ने छलफल भएको थियो ।

त्यस्तै ति समूहरुले विभिन्न ठूला कम्पनीहरुलाई धम्क्याएर रकम असुली गरिरहेकोसमेत छलफल भएको थियो । राष्ट्रिय गतिविधि आपत्तिजनक भएको र उनीहरुले अन्य कुनै देशको आड लिएर यस्ता गतिविधि गरिरहेकोसमेत छलफल भएको थियो । भोलिका दिनहरुमा ति समूहले जे पनि गर्न सक्ने भन्दै यसका लागि सेना सबै हिसावले तम्तयार रहन जानकारी गराईएको स्रोतले बताएको छ ।खबर डबलीकाे सहयाेगमा


0 comments:

Post a Comment

 
Top