काठमाडौँ, फागुन १७ गते। उपत्यकाका सडकमा बुधबार (१८ गते)देखि २० वर्ष पुराना कुनै पनि सार्वजनिक सवारी साधन चलाउन पाइने छैन। कसैले अटेर गरेर चलाएमा कारबाहीको भागिदार हुनु पर्ने चेतावनी सरकारले दिएकाे छ।

bus-kabitaयातायात व्यवस्था विभागका अनुसार कालो प्लेटका २०बर्ष पुराना (बस, मिनीबस, माइक्रोबस, ट्याक्सी, टेम्पोलगायतका) सार्वजनिक सवारी साधन सडकमा सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।

पुराना सार्वजनिक सवारी साधनले सडक दुर्घटना, वातावरण प्रदूषण, ट्राफिक जाम गराएको भन्दै सरकारले त्यस्ता सार्वजनिक सवारी साधन सञ्चालनमा प्रतिवन्ध लगाउने निर्णय गरेको हो। विभागका अनुसार उपत्यकामा २० वर्ष पुराना झण्डै दुई हजार पाँच सय सार्वजनिक सवारी साधन सञ्चालनमा छन्।

विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बुधबारदेखि उपत्यकाका सडकमा २० वर्ष पुराना सार्वजनिक सवारी साधन सञ्चालनमा पूर्णरूपमा रोक लगाउन डेढ महिनादेखि नै सम्बन्धित सरोकारवाला निकायलाई सूचना गर्नुका साथै पत्राचार पनि गरिसकेको जानकारी दिनुभयो।

‘यो निर्णयलाई कडाईका साथ लागू गर्न विभागको नेतृत्वमा अनुगमन टोलीको गठन, त्यस्ता सवारी साधनलाई कारबाही गर्न ट्राफिक प्रहरी र यातायात व्यवसायीलाई पत्राचार गर्नुका साथै पटक–पटक सार्वजनिक सूचनामार्फत् पनि आग्रह गरेका छौँ’ उहाँले भन्नुभयो “यति आग्रह गर्दागर्दै पनि कसैले अटेर गरेर त्यस्ता सवारी साधन चलाउँछन् भने कानुन अनुसार कारबाहीको भागिदार हुन्छन्।”

पुराना सार्वजनिक सवारी साधन चलाए यातायात व्यवस्था ऐन २०४९ को दफा १६५ अनुसार पाँच हजार रूपियाँसम्म जरिवाना र चालकको चालक अनुमतिपत्र जफत गरी खारेज गछौँ, उहाँले भन्नुभयो।

विभागका अनुसार सरकारले वि.सं. २०७१ फागुन १७ गते राजपत्रमा प्रकाशित गरेको सूचनामा दुई वर्षभित्रमा २० वर्ष पुराना सबै सार्वजनिक सवारी साधन सडकबाट हटाउनुपर्ने निर्णय गरेको थियो।

विभागले २० वर्ष पुराना सवारी साधन चल्नबाट प्रतिबन्ध लगाउने कार्य दुई चरणबाट गर्न लागेको जानकारी गराउँदै विभागका प्रवक्ता पाण्डेले भन्नुभयो ‘पहिलो चरण अन्तर्गत फागुन १८ गतेबाट उपत्यकामा र दोस्रो चरण अन्तर्गत २०७४ फागुन ३० गतेदेखि उपत्यकाबाहिर पनि त्यस्ता सवारी साधन चल्नबाट प्रतिबन्ध लगाइनेछ।’bus-kabita

विभागका प्रवक्ता पाण्डेले यो नियम विद्यालय, कलेजका विद्यार्थी बोक्ने र निजीस्तरबाट सञ्चालन हुने अन्य रातो प्लेटका सवारी साधनमा पनि लागू हुनुपर्छ भनेर विभागले एक महिनाअघि नै प्रतिवेदन तयार गरेर भौतिक योजना तथा यातायात मन्त्रालयमा पठाएको तर त्यसको अहिलेसम्म कुनै प्रतिक्रिया नआएको जानकारी दिनुभयो। पुराना सवारी साधन विस्थापन गरेसँगै ध्वनी र वायु प्रदूषण कम गर्न सहयोग पुग्ने पनि उहाँको भनाई छ।

व्यवसायीको आपत्ति
राष्ट्रिय यातायात व्यवसायी महासंघ नेपालका अध्यक्ष डोलराज खनालले  २० वर्ष पुराना सबै सार्वजनिक सवारी साधन हटाउने सरकारको निर्णय सकारात्मक भए पनि पुराना सवारी साधनका धनीले नयाँ ल्याउँदा भन्सारमा विशेष सहुलियत दिने व्यवस्था गरिनुपर्ने माग सरकारसँग गर्दै आएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘बीस वर्ष पुराना सवारी साधन हटाउनुपर्छ यसमा कसैको दुईमत नै छैन, हामी सहयोग गर्न तयार छौँ, तर सार्वजनिक साधन मात्रै हटाउनुपर्ने र निजी र सरकारी साधनहरू सञ्चालन गरिरहने भन्ने व्यावहारिक हुँदैन, त्यसैले सबै साधनमा एउटै प्रकारको मापदण्ड बनाएर लागू गर्नुपर्छ।’

- See more at: http://karnalikhabar.com/news/2017/02/28/61596.html#sthash.reXslcrI.dpuf

0 comments:

Post a Comment

 
Top