काठमाण्डौँ, फागुन १७ ।

निर्वाचनको बहाना बनाएर राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा मिति परिवर्तन गर्ने गृहकार्य गरेको छ ।



बैशाख ३१ गतेका लागि तय भएको निर्वाचन अघिनै सकिने कक्षा १२ को परीक्षालाई समेत पछि सार्ने गरी बोर्डका केही कर्मचारी सकृय भएको श्रोतले बताएका छ ।



बैशाख २४ गते देखि जेठ ३ गते सम्मका लागि तय भएको कक्षा ११ को परीक्षा निर्वाचनका कारण सार्नु पर्ने भए पनि निर्वाचन अघि अर्थात् बैशाख २२ गते नै सकिने कक्षा १२ को परीक्षा समेत सार्ने गरी बोर्डका केही पदाधिकारी सकृय भएको उक्त श्रोतको दावि छ ।



निर्वाचन आयोगले मतपत्र छाप्नका लागि जनक शिक्षा सामग्री केन्द्रलाई जिम्मेवारी दिने तयारी गरेको कुरालाई बहाना बनाएर बोर्डका केही पदाधिकारीले तोकिएको समयमा परीक्षा गर्न नसकिने तर्क दिदैं आएका छन् ।



निर्वाचनसँगै अन्यौलमा परेको परीक्षाका बारेमा निर्णय गर्न अहिले बोर्डको बैठक बसिरहेको छ । उक्त बैठकमा बोर्डका तर्फबाट दुवै परीक्षा सार्ने प्रस्ताव पेश गर्ने तयारी गरिएको श्रोतको दावि छ । खास गरी प्रश्नपत्र छाप्न नभ्याईने बहाना बनाईएको उक्त श्रोत दावि गर्छ ।



कक्षा ११ र १२ को प्रश्नपत्र जनकले छाप्दै आएको छ । पछिल्लो ५ बर्ष देखि प्रश्नपत्र नेपालमै छाप्न थाले पछि भारत जाने क्रम रोकिदाँ देशको करोडौं रकम विदेशिनबाट बच्दै आएको छ । तर, यस पटक निर्वाचनको बहाना बनाएर भारतमै प्रश्नपत्र छाप्ने गरी परीक्षा मिति सार्न चलखेल भएको श्रोतले बताएको छ ।

जनता बहुमुखी क्याम्पसमा अज्ञात समुहद्धारा आगजनी

कञ्चनपुर, फागुन १७ । कंचनपुरको पुनर्वासमा रहेको जनता बहुमुखी क्याम्पसमा आगजनी गरिएको छ । सोमबार राती जनता बहुमुखी क्याम्पसमा अज्ञात समुहले आगजनी गरेको क्याम्पस प्रमुख कर्ण बहादुर बुढाले बताउनु भएको छ ।



आगजनीबाट क्याम्पस प्रशासनमा रहेका कुर्सी, टेबुल, सोफासेट, झ्यालको पल्ला र कार्पेट समेत जनेर पूर्णरुपमा नष्ट भएको क्याम्पस प्रमुख बुढाले बताउनु भयो ।



स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा क्याम्पस प्रशासनमा भएको आगजनीले जनता बहुमुखी क्याम्पसमा भोली फागुन १८ गते निर्वाचन गर्न नसकिने हुँदा स्ववियु निर्वाचन अनिश्चित बनेको क्याम्पस प्रशासनले जनाएको छ ।



उक्त घटनाका दोषीको छानबीन भइरहेको प्रहरीले जनाएको छ । क्याम्पस भएको आगजनी जस्तो अमर्या्दित घटनाको विरोध गर्दै दोषीको खोजी गरी कारबाही गर्न प्रशासनलाई आग्रह गर्दै विभिन्न विद्यार्थी संघ–संगठनले प्रेश विज्ञप्ती जारी गरेका छन् ।


0 comments:

Post a Comment

 
Top