ब्यक्त्तिमा निराशा हुनुमा धेरै कारणहरु हुने गर्दछन्। त्यसैले ठ्याक्कै यही कारणले हुन्छ भनेर भन्न सकिन्न। निराशा भनेको अहिलेको अवस्थाको कारणले भन्दा पनि धेरै पुराना ब्यक्त्तिगत कारणहरु र बर्तमान अवस्थाको मिश्रित फल हो।
दैनिक जीवनमा आउने घटनाहरु
अध्ययनहरुले देखाए अनुसार बेरोजगारी, अपमानजनक अथवा अबहेलनाउक्त्त सम्बन्ध, दीर्घकालसम्म अलग बस्नु वा एक्लोपन, लामो समयसम्म कामको तनाब जस्ता कुराहरु अहिलेको निराशाका मुख्य कारणहरु हुन्। तर पहिलेदेखि नै निराशाको जोखिममा भएका ब्यक्त्तिहरुमा यस्ता घटनाले (जस्तै नोकरी छुट्नु, परिक्षामा अनुतिर्ण हुनु, सम्बन्धमा दरार आउनु तथा अन्न्य निजी घटनाहरु) निराशालाई बाहिर ल्याउने काम गर्दछन्।
ब्यक्त्तिगत कारणहरु
परिवारिक इतिहास
केही परिवारका सदस्यहरु सँधै निराशामा रहने गर्दछन्, यस्तो परिवारमा जन्मिने ब्यक्त्तिमा निराशा हुने जोखिम उच्च हुने गर्दछ। तर बा–आमा तथा नजिकको नातेदारलाई निराशा को समस्या छ भन्दैमा तपाईंलाई पनि निराशा हुन्छ नै भन्ने हुँदैन, किनकी यसमा ब्यक्त्तिगत र बाताबरण जस्ता कुराहरुको पनि भूमिका रहने गर्दछ।
लेखकः डम्बर भट्ट
व्यक्त्तित्व
व्यक्त्तित्वको कारणले पनि केही ब्यक्त्तिहरु निराशाको जोखिममा रहने गर्दछन्। जस्तैः धेरै चिन्ता गर्ने बानी, मनोबल कम हुनु, आफूले भनेको नै हुनुपर्छ भन्ने सोच भएमा ब्यक्त्ति नकारात्मकतातिर आकर्षित हुने गर्दछन्, जसले गर्दा निराशाको जोखिम झन बढ्ने गर्दछ।
गम्भीर शारिरीक रोग
ब्यक्त्तिलाई गम्भीर प्रकारको शारिरिक रोग (जस्तैः दीर्घकालिन रोगहरु (उच्च रक्तचाप, मधुमेह आदि) लाग्दा पनि तनाब र चिन्ता हुने गर्दछ, जसले गर्दा निराशाको जोखिम उच्च हुने गर्दछ।
मदिरा तथा अरु नशालु पदार्थको सेवन
मदिरा तथा अरु नशालु पदार्थ सेवनले निराशाको समस्या गराउने गर्छ भने निराशाको कारणले पनि ब्यक्त्तिले नशा सेवन गर्ने गरेको देखिन्छ। निराशाको समस्या भएका धेरै ब्यक्त्तिहरु नशालु पदार्थको दुर्ब्यब्सनीमा फसेको पनि देखिन्छ।
मष्तिस्कमा हुने परिबर्तन
बिज्ञानको एक बर्गले निराशाको कारण रसायनहरुको मात्रामा हुने गड्बडी हो हुन्छ भन्ने कुरामा बिश्वास गर्ने गर्दछन्। यसरी गडबड भएको रसायनको मात्रालाई सन्तुलनमा ल्याउन अौषधीहरुको सेवन गर्ने गरिन्छ।
अहिले आएर मष्तिस्क मा हुने रसायन हरुको परिबर्तन मात्र निराशाको कारण होइन, ब्यक्त्तिको दैनिक जीवनमा आउने घटनाहरु, ब्यक्त्तित्व, परिवारिक अवस्था, परिवारिक र कार्यस्थलको बाताबरणले पनि महत्वपूर्ण भूमिका निर्बाह गर्ने गरेको देखिन्छ।
निराशा भनेको ब्यक्त्तिको स्वाभाव हो, जसलाई साइकोथेरापी तथा काउन्सेलिङले अथवा अौषधी सेवनले पनि परिबर्तन गर्न सकिन्छ।
याद राख्नुपर्ने महत्वपूर्ण कुरा
हरेक ब्यक्त्ति फरक फरक हुने गर्दछन्, निराशाको कारण पनि बिभिन्न घटनाको मिश्रित हुने गर्दछ। निराशाको कारणहरु यकिनका साथ थाहा पाउन सकिन्न र परिस्थितिलाई बदल्न पनि सम्भब हुँदैन तर निराशाको लक्षणहरुलाई भने चिन्न सकिन्छ।
महत्वपूर्ण कुरा भनेको निराशाको लक्षणहरु थाहा पाउनु र निको हुने उपाय खोज्नु हो। निराशापन एक मानसिक समस्या हो, उपचार गराउँदा पूर्ण रुपमा निको हुन्छ। ब्यक्त्ति फेरि पनि खुसी र स्फूर्त भएर आफ्नो काम सफलताका साथ गर्न सक्दछ।
मानसिक समस्या सम्बन्धी परामर्श र उपचारका लागि तपाईं आफ्नो नजिकको विशेषज्ञलाई भेट्न सक्नुहुन्छ । यसको अलवा सम्पर्क भट्ट फाउन्डेसन, चाबहिल काठमाडौँमा पनि सम्पर्क गर्न सक्नुहुन्छ ।
0 comments:
Post a Comment