newsabhiyan
#गजल

म ज्युदै मरेको यस्तो एउटा साम थियो।
जब देखे तिम्रो घरमा जन्तिको लाम थियो।

हुदैथ्यो प्रशंसा तिम्रो नवजोडिको जब।
सुने हल्ला बजारमा मेरै पो बदनाम थियो।

सधै भरि माया गरे तिम्लाई आफ्नो ठानि।
छुरा बोकि हिड्दा रैछौ मुखमा त राम थियो।

संसार भेटाएँथे त्यति बेला तिमि भित्र।
सायद मेरो दिलमा मायाको याम थियो।

रूपको राम्रो घमण्डि भाउ खोज्दैथ्यौ धेरै।
किन्न पनि नसकिने अचम्मकै दाम थियो।।

->देबिका अधिकारी
->सिजुवा ७, सौठा
         मोरङ



0 comments:

Post a Comment

 
Top