newsabhiyan
एजेन्सी ,बलात्कार भयो भनि चिच्याउने युवती ६ वर्षलाई जाकिएकी छन् । २० वर्षकी ती युवतीले एक युवकले आफुमाथि बलात्कार गरेको भनेर चिच्याएपछि एकाएक ती युवकमाथि सबै जाइलागे ।

त्यसरी जाइ लाग्नेमा ती युवतीका बाउ पनि थिए । सबैले ती युवकको रामधुलाई गरे र कुटाइबाट युवकको ज्यानै गयो ।


तर वास्तवमा ती युवतीमाथि बलात्कार भएकै थिएन र उनले युवकमाथि बिनासित्तिमा त्यस्तो गलत आरोप लगाएकी थिइन् । रिसिइबी साँध्न एक युवकमाथि हुँदै नभएको त्यस्तो गम्भीर आरोप लगाएर ज्यानै गुमाउन बाध्य बनाउने ती युवतीले अन्ततः ६ वर्ष जेलको हावा खानु परेको छ ।

अमेरिकाको बाल्टिमोरको घटना हो यो । २० वर्षकी लाटिक्वा मेसले बाल्टिमोरको सडकमा डोनाल्ड रविन्सन हिडिरहेको बेला एक्कासी चिच्याइन्, ‘उसले मलाई बलात्कार गर्यो, ऊ यौन अपराधी हो ।’  सन् २०१३ को सेप्टेम्बर २ मा भएको यो घटनामा कुटाइबाटै रोविन्सनको ज्यान गयो ।


रोविन्सनको मृत्युपछि ती युवतीलाई पक्राउ गरियो र हिरासतमा राखियो । अन्ततः अदालतले ती युवतीलाई दोषी ठहर गर्दै उनलाई हत्याको मतियार रहेको ठहर गरेको हो ।


0 comments:

Post a Comment

 
Top