काठमाडौं,१४ फागुन । सरकारले बुधबारदेखि २० वर्ष पूराना सवारी साधन चलाउन प्रतिबन्ध लगाएको छ ।

यातायात व्यवस्था विभागले फागुन १८ गते बुधबारदेखि बीस वर्षे पूराना सवारी साधन हटाउने नीति लिए अनुसार पुराना सवारी चलाउन प्रतिवन्ध लगाएको हो ।

विभागले बुधबारदेखि बीस वर्ष गाडी चलाएमा गैरकानुनी हुने र जरीवानासहित गाडी जफत गर्ने विभागका प्रवक्ता डा.टोकराज पाण्डेले बताए । विभागले पछिल्लो समयमा अनुगमन तीब्र पारेको बताउँदै उनले ट्राफिक प्रहरीको सहयोगमा बीस वर्षे गाडी नियन्त्रणमा लिइने जानकारी दिए ।

उनका अनुसार नियन्त्रणमा लिइएका गाडीको जरीवानासहित सबै राजस्व बुझाउन लगाएर पत्रु गर्न सवारी साधन धनीलाईनै जिम्मा लगाइनेछ । विभागले फागुन ५ गतेबाट ट्राफिक प्रहरीको सहयोगमा सवारी अनुगमन सुरु गरेको बताउँदै पाण्डेले अनुगमनलाइ तीव्र बनाइएको जानकारी दिए ।
newsabhiyan
उनका अनुसार गाडीहरु गुड्ने सम्भावित क्षेत्रहरुमा माइकिङ गरी जनचेतना प्रवाह गरिरहेका छौं । विभागले दिएको जानकारी अनुसार यस्ता २० बर्ष पुराना भाडाका सवारी साधनहरु बाहिर लगेर संचालन पाईदैन ।

यो गाडीको किनभने विभागले अञ्चलिकरण गर्न अनुमती दिँदैन । सवारी सरुवा सहमती रोकिने बताउँदै उनले त्यस्ता सवारीहरुलाइ रुट इजाजत नदिइने जानकारी दिए ।

यो नीतिसँगै करिब २५ सय भाडाका सवारी साधन राजधानीबाट विस्थापित हुनेछन् । पाण्डेका अनुसार सार्वजनिक सवारी साधन हटाएपछि निजी र सरकारी गाडी हटाउने बारे अध्ययन गरिनेछ ।

उनीहरुले बीस वर्षे सवारी साधन हटाउन तयार भएपनि नयाँ गाडी किन्दा भन्सार छुटको व्यवस्था हुनुपर्ने अडान राख्दै आएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भन्सार छुट प्याकेज दिएर मात्रै पूराना गाडी हटाउने शर्त राखेको हो । उपत्यका बाहिर भने अर्को वर्षको फागुन ३० गतेबाट २० वर्षे गाडी हट्नेछ ।


0 comments:

Post a Comment

 
Top