घटनाको विरोधमा विराटनगरमा प्रदर्शन गर्दै विद्यार्थी।
विराटनगर : विराटनगरको महेन्द्र मोरङ क्याम्पस बीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी रुपेश यादवलाई सडक निर्माणका क्रममा डोजरले किचेर घाइते बनाएको विषयलाई लिएर विद्यार्थी संगठनले सबै शैक्षिक संस्था बन्दको घोषणा गरेका छन्।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु समेतका नौ विद्यार्थी संगठनले माग पूरा नभएसम्म शैक्षिक संस्था संचालन गर्न नदिने घोषणा गरेका छन्।
क्याम्पसबाट घर फर्कने क्रममा डोजरले यादवलाई बिहीबार ठक्कर दिएर घाइते बनाएको थियो। घाइते विद्यार्थीको देब्रो खुट्टा भाँचिएको छ। उनको उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
बिहीबारको घटना लगत्तै विद्यार्थीले डोजरमा आगजनी गरेका थिए। सोही क्रममा प्रहरी र विद्यार्थीबीच झडप भएको थियो। भिड नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार समेत गरेको थियो।अन्नपूर्ण पोस्टको सहयोगमा

0 comments:
Post a Comment