इटहरी- ग्यास सिलिन्डरबाट भरेको बेलुन पड्किएर आज सुनसरी सिमरियामा सात जना घाइते भएका छन्। साढे ११ बजेतिर भएको घटनामा परी घाइतेमध्ये तीन जना सिकिस्त छन्। महाशिवरात्रिको अवसरमा सिमरिया वडा नं. ९ चरैयाको शिव मन्दिरमा लागेको मेलामा आएका तीर्थयात्री सिलिन्डरबाट भरेको बेलुन पड्किएर घाइते भएका हुन्।
घाइतेमध्ये मोरङ सुन्दर दुलारीकी ३२ बर्षीया तारा मण्डल र कटहरीका सोमराज माझी सिकिस्त घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले बताए।
उनका अनुसार, अर्का एक जना सिकिस्त पुरुषको नाम खुलेको छैन। सामान्य घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भए पनि सिकिस्त तीनै जनाको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।नागरिक न्यूज को सहयोगमा

0 comments:

Post a Comment

 
Top