पोखरा, १३ फागुन – महाशिवरात्रिका अवसरमा पोखरा र आसपासका शिव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।

पोखराका प्रसिद्ध बिन्ध्यवासिनी मन्दिर परिसरको शिव मन्दिरका साथै छोरेपाटनस्थित गुप्तेश्वर महादेव, भलामस्थित हरिहर महादेव, सीतापाइलास्थित सदाशिवजी सिद्धेश्वर हरिहरलगायतका शिव मन्दिरमा भगवान शिवलाई दूध, जल र बेलपत्र चढाउन दर्शनार्थी लामबद्ध भएर उभिएका छन्।
महाशिवरात्रिका दिन सामूहिक ब्रतबन्ध गर्ने चलनअनुरुप धेरै शिवालयमा सामूहिक ब्रतबन्धको कार्यक्रम पनि सञ्चालन भएको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर सीतापाइलाका अध्यक्ष ऋषिराम भण्डारीले बताए।
भरतपोखरीस्थित सिलिङ्गे, मनियलडाँडा, धारापानी लगायतका स्थानमा पनि सामूहिक रुद्री पूजा र ब्रतबन्धका कार्यक्रम सञ्चालन भएका छन्। रासस

0 comments:

Post a Comment

 
Top