काठमाडौं, फागुन १० – आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँग हुने खेलका लागि १९ खेलाडी छनौट गरिएको छ । १९ खेलाडी तीन अभ्यास खेलका लागि आगामी शुक्रबार भारत दिल्ली जाँदै छन् ।
भारत अभ्यासमा अस्वस्थताका कारण कप्तान पारस खड्का सम्मिलित हुने छैनन् । टोली नेपाल फर्केपछिको अभ्यासमा भने उनी सहभागी हुनेछन् ।

खेलाडी छनौट गर्न गएको माघ ६ गतेदेखि ११ गतेसम्म सुपर लिग खेल खेलाइएको थियो । गएको वर्ष खेलाडीले गरेका प्रस्तुतिका आधारमा सुपर लिगका लागि ५२ खेलाडी छनौट भएका थिए । ५२ जनाबाट क्लोज क्याम्पका लागि गएको माघ २७ गते २४ खेलाडी छनौट भएका थिए । क्लोज क्याम्पमा रहेका २४ खेलाडीबाट १९ जना खेलाडी छनौटमा परेका हुन् । भारतमा हुने अभ्यास खेलपछि अन्तिम टोली छनौट गरिने छ ।
सुपर लिगमा ५२ खेलाडीलाई ४ टिममा विभाजन गरेर खेल खेलाइएको थियो । सुपर लिगमा खेलाडीले गरेको प्रदर्शनका आधारमा राष्ट्रिय टिमका लागि क्लोज क्याम्प गर्न २४ खेलाडी र क्लोज क्याम्पपछि अन्तिम १९ खेलाडी छनौट गरिएको हो । खेलाडी छनौटमा आइसिसीका प्रतिनिधि वेनकटपथि राजु, कोच जगत टमाटा र कप्तान पारस खड्का थिए ।
को को परे १९ खेलाडीमा ?
पारस खड्का
ज्ञानेन्द्र मल्ल
आरिफ शेख
दिलिप नाथ
मेहबुब आलम
करण केसी
आशिफ शेख
सागर पुन
भुवन कार्की
शरद भेषावकर
शक्ति गौचन
अभिनाश कर्ण
सोमपाल कामी
सुनिल धमला
दिपेन्द्र सिंह ऐरी
बसन्त रेग्मी
राजेश पुलामी मगर
बिनोद भण्डारी
सन्दिप लामिछाने
२४ बाट को को बाहिरिए ?
दिपेश श्रेष्ठ
कुशल भुर्तेल
बिक्रम शोब
अमित श्रेष्ठ
सुसन भारी
स्रोत: उज्यालो अनलाइन

0 comments:

Post a Comment

 
Top