एसएसबीको कुटपिटबाट घाइते हुनेहरुमा पक्लिहवा गाविस वार्ड नम्बर ८ बस्ने बर्ष ३२ का मारकण्डे कुर्मी र सोही गाउँ बस्ने बर्ष २० का पवन कुमार कुर्मी रहेका छन ।

भारतीय सशस्त्र प्रहरी सिमा बल (एसएसबि)को कुटपिटबाट मारकण्डे कुर्मीको दाहिने हात भाचीएको र अर्का पिडित पवन कुमार कुर्मीको टाउकोमा गम्भीर चोट लागेको छ ।
पिडित घाइतेहरुको उपचार सहिद स्मृति सामुदायिक अस्पताल चौपतामा भैरहेको घाइतेहरुको पारिवारिक स्रोतले जानकारी दिएका छन ।

विगतका दिनमा पनि सोही गाउका मानिसहरुलाई भारतीय सुरक्षाकर्मीहरुले पटक पटक कुटपिट गर्दै अाएकाे स्थानियहरुले बताएका छन । बढदो भारतीय सुरक्षाकर्मीको ज्यादती रोक्न नेपाल प्रशासन कुनै पहल नगरेको स्थानियबासीहरुले जानकारी दिए ।
तस्वीर-गुगल


0 comments:

Post a Comment

 
Top