जनकपुर, १० फागुन । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमलाई मधेसको राजधानी भनेर चिनिने जनकपुरमा भव्य स्वागत गरिएको छ ।
फागुन २२ गतेबाट पार्टीले सुरु गर्न लागेको मेची–महाकाली अभियानको पूर्वतयारी र यहाँका कार्यकर्तालाई प्रशिक्षण दिन गौतम मंगलबार दिउँसो आइपुगेका गौतमलाई जनकपुरमा सयौं कार्यकर्ताले स्वागत गरेका हुन् ।
एमाले मधेसका युवा नेता सञ्जीव झाका अनुसार गौतमको स्वागतमा ३ हजार मानिस, ५ सय मोटरसाइकल र करिब ३० वटा गाडी देखिएका थिए ।
मधेसवादी दलहरुले तराईमा एमाले मधेसविरोधी पार्टी हो भन्ने भ्रम फैलाइरहेका बेला तराईका जनताको एमालेप्रति आकर्षण बढिरहेको तथ्य आजको दृश्यले पुष्टि गरेको युवा नेता झाको तर्क छ ।

0 comments:

Post a Comment

 
Top