काठमाडौं, फागुन १६ । कुनैबेला पोर्न क्षेत्रमा प्रवेश गर्ने भन्दै निकै अश्लिल तस्विर खिचाएर चर्चामा आएकी अर्चना पनेरु यतिबेला गुमनाम जस्तै छिन् ।

अश्लिलताका कारण क्षणिक चर्चा कमाएपनि अश्लिलताकै भरमा लामो समय टिक्न नसकेपछि उनी हाल गुमनाम जस्तै भएकी हुन् ।
केही थर्ड ग्रेडका चलचित्र तथा म्युजिक भिडियोमा काम गरिसकेकी अर्चना हाल आफुलाई टिकाउनकै लागि रेष्टुराँ व्यवसायमा लागेकी छिन् ।
उनले काठमाडौको नयाँ बसपार्कमा ‘मुन वाकर बार एण्ड क्लब’ डान्स बार संचालनमा ल्याएकी हुन् ।
उनले पार्टनरसिपमा सो रेष्टुरेन्ट संचालनमा ल्याएको बताइएको छ ।
यसअघि अर्चनाले बसपाकै क्षेत्रमै रहेको उर्वसी डान्स बारमा कर्मचारीका रुपमा का मगर्दै आएकी थिइन् ।
अर्चनाले सो डान्स बारमा आफै नृत्य प्रस्तुत गर्छिन । त्यसो त नाचका लागि उनले अन्य कर्मचारी पनि राखेकी छिन् । ग्राहकको र्फमाइस अनुसार अर्चनाले विभिन्न गीतमा कामुक नृत्य पस्कने गरेकी छिन् । बारमा अर्चनाले नृत्य प्रस्तुत गर्ने गर्छिन भने उनकी आमाले उनलाई सघाउँदै आएकी छिन् ।
यसअघि महेन्द्रनगरमा रहँदा अर्चनाले अश्लिल हर्कत देखाएको भन्दै प्रहरीले पक्राउ गरेको थियो भने उनी पढ्ने विद्यालयबाट समेत निष्काशित भएकी थिइन् ।
आफु पोर्नस्टार बन्छु भनेकै कारण काठमाडौंमा डेरा पाउन समेत कठिनाई भएको गुनासो गर्दै आएकी अर्चनाले रेष्टुराँ भने कस्तो चलाउने हुन्, त्यो भने हेर्न बाँकी नै छ ।(नेपालीपत्रबाट)

0 comments:

Post a Comment

 
Top