आज श्री शाके १९३८, बि. स. २०७३ साल फाल्गुन १७ गते मंगलबार तदानुसार इश्वी सन २०१७ फेब्रुबरी २८ तारीख, फाल्गुन शुक्ल पक्ष द्वितिया तिथी १८:३७ बजे सम्म चन्द्रमा मिन राशिमा सूर्य उत्तरायण शिशिर ऋतु (ज्यो. प. सरोज घिमिरे / लाइटनेपाल डटकमबाट )

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
खर्च बढ्ने सम्भाबना रहेको छ । सामान्य क्षती ब्यर्होनु पर्ला । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बिद्या तथा ब्यापारको राम्रो योग रहेको छ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्या रहला


 Sponsored by Revcontent
United Kingdom Billionaires Want This Shocking Video Banned
23 Broke Celebrities Now Working Normal Jobs
10 Really Bad Work Habits That Could Be Keeping You From Success
4 Marketing Strategies to Make Consumers Love Your Brand
10 Mega Pastors Bank Accounts You Won't Believe
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
सन्तान सम्बन्धि समस्या ले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । पारीवार तथा ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । पराक्रममा बृद्धि हुनेछ । समय मध्यम रहला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्तान्तरण को योग रहको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलिको कारण साधारण समस्या आउन सक्नेछ । चिसो सम्बन्धी समस्या सताउला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रेम सम्बन्धमा सुधार आउनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन् । सहि निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला । समय मध्यम रहला

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मनोरञ्जन तथा भोगबिलासको क्षेत्रमा मन जानेछ । सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला । प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कुराकाट्ने ब्यक्ति बाट टाढै रहनु होला । यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द, स
बिद्या प्राप्तिको समय रहेको छ । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । चिसोको प्रभाबले घाटी सम्बन्धि सामान्य असर गर्नेछ । कार्य क्षेत्रमा साधारण अप्जस सहनु पर्ला । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
समय राम्रो रहेको छ । पारीवरिक शुःख प््राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ ।

Image result for pathibhara mata

0 comments:

Post a Comment

 
Top