जिल्लाको दौलिचौर गाबिसको दौलिचौरमा बिद्यार्थीहरुले खेलिरहेको भलिबल जीपले कुल्चिदा फुटेको थियो । सोही विषयमा भएको विवादमा दौलीचौर गाविसका २३ बर्षिया दीपेन्द्र बोहराले ढुङ्गा प्रहार गर्दा जीपका सह चालक दिनेश बोहराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द्रले बताए ।
दीपेन्द्रको कुटपिटले घटनास्थलमा गम्भिर घाईते भएका दिनेशलाई उपचारको लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो ।
हत्यारा दिपेन्द्रलाई प्रहरीले नियन्तणमा लिई आइतबार जिल्ला प्रहरी कार्यालय लग्ने क्रममा केहीबेर पीडितका आफन्त र प्रहरीबिच मुडभेड भएको छ ।
पीडितका आफन्तहरुले ‘हत्याको बदला हत्या’ भन्दै दिपेन्द्रलाई आक्रमण गर्न खोजेपछि प्रहरी र स्थानियबीच झडप भएको हो । झडपमा ७ प्रहरी जवान र ५ स्थानीय घाइते भएका छन् ।
0 comments:
Post a Comment