काठमाडौं, १५ फागुन — एउटी कुखुरी विगत दुई वर्षदेखि विश्वभ्रमणमा रहेको कुरा सुन्दा तपाईंलाई आश्चर्य लाग्ला ।
हो, फ्रान्सको ब्रिटनीमा बस्ने गिरेक सुदी नामक नाविक (पानीजहाजको सेलर) को मोनिक नामक कुखुरी उनीसँगै विश्वभ्रमणमा छे ।
हो, फ्रान्सको ब्रिटनीमा बस्ने गिरेक सुदी नामक नाविक (पानीजहाजको सेलर) को मोनिक नामक कुखुरी उनीसँगै विश्वभ्रमणमा छे ।
सन् २०१४ देखि क्यानरी द्वीपबाट यात्रा शुरु गरेका गिरेक र मोनिक लगातार संसारको भ्रमण गरिरहेका छन् । एउटा कुनै जनावर साथ लिएर विश्वभ्रमणमा जाने इच्छा राखेका गिरेकले शुरुमा त बिरालो लान खोजेका थिए तर बिरालोलाई धेरै हेरचाह गर्नुपर्ने भएकाले उनले कुखुरी छाने । कुखुरीले अण्डा पनि दिने अनि झन्झट पनि नदिने भएकाले उनलाई आनन्द छ ।
दुई वर्षदेखि गिरेक र मोनिक भात, मकै र अण्डा खाएर बाँचेका छन् । संसारभरिको यात्रा गर्ने सबभन्दा कम उमेरका नाविक हुन् गिरेक । उनी जम्मा २४ वर्षका भए ।
(एजेन्सी/ लोकान्तर)

0 comments:
Post a Comment