के तपाई खुर्सानी खानाले लामो आयु हुन्छ भन्दा पत्याउनुहुन्छ ? तर एक अनुसन्धानबाट रातो खोर्सानी खाने मानिको आयु लामो हुने पत्ता लगाएको छ।
अमेरिकाको लर्नर कलेज अफ मेडिसिनमा युनिभर्सीटी अफ भर्मन्टका शोककर्ताहरु ले रातो खुर्सानी खाने मानिसको आयू अरु भन्दा १३ प्रतिशत लामो हुने निष्कर्ष निकालेका हुन्।
शोधकर्ताका अनुसार रातो खोर्सानी सेवन गर्ने मानिसको शरीर कोलेस्ट्रोलको मात्रा कम हुने गर्दछ भने यसले हृदयघात हुनबाट जोगाउँछ। उनीहरुले राष्ट्रिय स्वास्थ्य तथा पोषण विभाग को सहकार्यमा करीब १६ हजार अमेरिकनहरु माझमा २६ वर्ष लगाएर परीक्षण गरेका थिए।

परीक्षणबाट ४ हजार ९ सय ४६ जना चाडैं उमेरभन्दा चाडै बित्ते भने ११ हजार मानिसहरु (जसले नियमित खोर्सानी खाँदै आइरहेका थिए) बाँचिरहेका छन्।
अनुसन्धानमा संलग्न मेडिकल विद्यार्थी मुस्ताफा चोपान र मेडिसिनका प्राध्यापक बेन्जामिन लिट्टेनबर्ग ले लिएको डाटा संकलनबाट यस्तो तथ्य आएको हो।

उनीहरुका अनुसार रातो खोर्सानी खानेमा युवा उमेरका व्यक्ति, पुरुष, मेक्सिकन-अमेरिकन नागरिकहरु रहने गरेका छन्। ती नागरिकहरु कम आयस्रोत भएका र दैनिक काममा खट्नु पर्ने भएकाले धेरै मात्रामा मसलेदार त्यसमा पनि रातो खोर्सानी मिलाएर खाने गरेका संलग्न छन्।
एजेन्सी

0 comments:

Post a Comment

 
Top