काठमाडौं, १७ फागुन । कोरिया सरकारले सन् २०१८ का लागि १० हजार भन्दा बढी नेपाली कामदार लाने ग्रिन सिंगल देखाएको छ ।

नेपालबाट कोरियाले सन् २००७ मा सम्झौता गरी अहिलेसम्म ७ लटसम्मका कामदार कोरिया गइसकेको छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

अघिल्लो साताासम्म करिब ४३ हजार भन्दा बढी नेपाली कोरिया गइसकेको छन् । आठौ लटमा कोरिया सरकारले १० हजार बढी कामदार लाने गरी ईपिएस परीक्षाको तयारी थाल्ने भएको छ ।

कोरियाले सन् २०१८ मा ईपिएस भाषा परीक्षामा ६ हजार दुई सय कृषि क्षेत्रका लागि र चार हजार उत्पादनमुलक क्षेत्रमा लैजाने गरी परीक्षा लिनेछ । भाषा परीक्षामा पास हुने सन् २०१८ मा कोरिया जाने ईपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए ।

यसका लागि अब फागुन २४ गते सूचना प्रकाशन हुनेछ । परीक्षमा सामेल हुनेले अनलाइन प्रणालीबाटै फारम भर्न पाउने छन् । फारम भने चैत ९ देखि १८ गतेसम्म भर्न पाउने खतिवडाले बताए । अनलाइन फारम भर्ने व्यवस्थाले रातभर लाइन बस्नु समस्याको पनि समाधान हुने उनको भनाइ छ ।

परीक्षा भने जेठको अन्तिम सातामा हुने ईपीएस शाखाले जनाएको छ । फारम भर्नका लागि तोकिएको बैंकमा आवेदन शुल्क बुझाएको कोड राखेपछि मात्रै अनलाइन फारम समायोजन गर्न पाइने उनले बताए ।

मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य चाहिने शाखाले जनाएको छ ।
फेरी दोस्रो पल्ट धेरै संख्यामा कामदार लाने तयारी भएको हो । यसअघि सन् २०११ मा करिब ११ हजार भन्दा नेपाली कामदार कोरिया पुगेको थिए ।

शाखाले आफ्नै स्रोतबाट खर्च गर्ने गरी गतवर्ष नै अनलाइन प्रणाली विकास गरेको हो । गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए ।

0 comments:

Post a Comment

 
Top