ष्णनगर, १७ फागुन । केही वर्षदेखि नेपालमा बस्दै आएका म्यानमारका रोहिंज्या शरणार्थीहरुलाई नेपाल सरकारले शरणार्थीको रुपमा पहिचान दिनुपर्ने राष्ट्रिय मदरसा संघ नेपालले माग गरेको छ ।
भुटानी र तिब्बतीयन शरणार्थी सरह रोहिंज्या शरणार्थीलाई पनि नेपाल सरकारले जायज अधिकार उपलब्ध गराउनुपर्ने राष्ट्रिय मदरसा संघले माग गरेको हो ।
म्यानमार सरकारले दिने उत्पीडनबाट मुक्ति पाउन आफ्नो देश नै छाडी नेपालको शरणमा आएका रोहिंज्या शरणार्थीमाथि आइपरेको विपत्तीप्रति राष्ट्रिय मदरसा संघको गम्भीर ध्यानाकर्षण भएको केन्द्रिय अध्यक्ष डा. अब्दुल गनी अल्कूफीले विज्ञप्तीमार्फत जानकारी दिनुभयो ।
“दुःखकष्ट र उत्पीडनमा परेका जो कोहीलाई पनि सेवा गर्नु वा शरण दिनु हाम्रो हिन्दू धर्मको संस्कार हो उहाँले भन्नुभयो । तर आफ्नो देशमा कष्ट भोग्न नसकी नेपालको शरणमा आएका रोहिंज्या शरणार्थीलाई स्वागत गर्नु साटो दुःखमाथि दुःख थप्ने काम सरकारले गर्नुहुँदैन ।” –मदरसा संघका केन्द्रिय अध्यक्ष अल्कूफीले बताउनुभयो ।
हाम्रो देश नेपाल दुई ठूला धर्म हिन्दू र बौद्धको केन्द्रस्थलको रुपमा पहिचान बनाएको भएपनि अन्य धर्मलाई पनि सकारात्मक दृष्टिकोणले हेर्नुपर्ने राष्ट्रिय मदरसा संघ नेपालका केन्द्रिय महासचिव मौलाना मशहूद खाँ ‘नेपाली’ ले जोड दिनुभयो ।
हाम्रो संस्कारले जुनसुकै देशबाट आएका चरालाई पनि संरक्षण दिने गर्छ त्यसैगरी भुटान र तिब्बतका नागरिकलाई मात्र नभई अन्य देशका नागरिकलाई पनि सहानुभूति दिलाउनुपर्ने मौलाना नेपालीले माग गर्नुभयो । नेपालले विश्वमा शान्तिक्षेत्र देशको रुपमा पहिचान बनाएको छ । त्यसैगरी नै रोहिंज्या शरणार्थीको जायज अधिकारप्रति पनि गम्भीर हुनुपर्ने नेपालीले जोड दिनुभयो ।
नेपालले तिब्बत र भुटानबाट आएकाहरुलाई मात्रै शरणार्थीको रुपमा पहिचान गर्छ र अन्य देशका शरणार्थीहरुलाई अवैधानिक अप्रवासीको रुपमा हेर्छ । तर यहाँ अन्य देशहरु इरान, इराक, पाकिस्तान, बंग्लादेश, श्रीलंका, युक्रेन र अन्य मुलुकका शरणार्थीहरु बस्दै आएका छन् ।
0 comments:
Post a Comment