काठमाडौं, १५ फागुन । भाइरल ज्वरोका विरामी भएका पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गरेका छन् । थप उपचारका लागि बैंकक लैजाने भएपछि अनन्तलाई भेट्न प्रचण्ड र सिता दाहाल गएका थिए । उनीहरुले अनन्तको स्वास्थ्य स्थितिबारे जानकारी लिएका थिए ।
अघिल्लो सातादेखि भाईरल ज्वरोका कारण राजधानीको ग्राण्डी अस्पतालमा उपचारत नेता अनन्तको बमिट नरोकिएपछि बैंकक लगिएको हो । बैंकक लैजानु अघि अनन्तलाई भेट्न गएका प्रचण्डले स्वास्थ्य लाभको कामना गरेका थिए । त्यस्तै प्रचण्डपत्नि सिता दाहालले अनन्तको निधार छाम्दै भनिन् ‘शिघ्र स्वास्थ्य लाभको कामना बर्षमान कम्रेड ।’ चाडै निको होस ।
केही महिनाअघि बंशानुगत जण्डिश रोगबाट पीडित अनन्तको उपचार बैंककमा भएको थियो । उनी बैंककमा नियमित चेकका लागि जानुपर्ने समयमै विरामी परेको अनन्तकी बहिनि सुशिला खबरडबलीलाई बताईन् । नियमित चेक पनि हुने र ज्वरो घटेपनि वान्ता नरोकिएकाले के कारण भएको हो भन्ने पनि पत्ता लगाउन सजिलो हुने कारण बैंकक लगिएको हो ।खबर दबालीको सहयोगमा

0 comments:
Post a Comment