काठमाडौं : एमाले अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले केही देशमा पैसा खाएर राजदूत सिफारिस भएको कुरा सञ्चार माध्यममा सार्वजनिक हुँदा समेत सत्तारुण दलका नेता मौन रहेकोप्रति आपत्ति जनाएका छन्।
एमाले केन्द्रीय कार्यालय धूम्बाराहीमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले राजदूत नियुक्तिको विषयमा आवाज उठाएका हुन् । ओलीले भने, ‘पैसा खाएर राजदूत नियुक्त गरेको विषय सार्वजनिक सञ्चारमाध्यममा आउँदा पनि सत्तारुढ दलका नेताले मुख खोल्न किन सकेनन् ?’
सँगै नेता ओलीले संविधान संशोधन राष्ट्र हितमा नरहेको दाबी गरेका छन् ।
‘राष्ट्र«वादलाई हिमाली, पहाडिया र तराईको भनी विभाजन गर्न खोजिएको छ, यसरी राष्ट्रवादको खिल्ली उडाउन खोजिएको छ, एउटा पक्षको वकालत गर्नुलाई सन्तुलित राष्ट्रवाद भनिएको छ, हामी स्वाभिमानलाई बचाउँछौँ, भौगोलिक अखण्डतालाई सुरक्षित बनाउँछौँ’, नेता ओलीले भने।
कुनै पनि विषयमा तथ्य मेल खाँदैन भने त्यसलाई अन्धविश्वासका आधारमा पछि लाग्नुपर्छ भन्ने पक्षमा एमाले नरहेको उनको भनाइ छ । नेपाली कांंग्रेस र नेपाल विद्यार्थी सङ्घले चुनाव हार्ने डरले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भाँड्न लागेको उनको आरोप थियो ।
‘विद्यार्थी चुनावदेखि नै डराउनेले स्थानीय निकाय र संसदीय चुनाव कसरी गराउलान् ?’नेता ओलीले प्रश्न गरे । पैसा खाएर राजदूत नियुक्त गरेको विषय सार्वजनिक सञ्चारमाध्यममा आउँदा पनि सत्तारुढ दलका नेताले मुख खोल्न नसकेको अध्यक्ष ओलीले बताए। रासस

0 comments:

Post a Comment

 
Top