काठमाण्डौं ।
काँग्रेस सभापति शेरबहादुर देउवाले तेश्रो वरियताका डिआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउन दबाब दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनावमा छन् । प्रहरी महानिरीक्षक नियुक्ति विवादका कारण दुई नेताबीचको सम्बन्धमै खटपट आएको निकटस्थहरु बताउँछन् ।
विवादकै कारण बिहीबारको मन्त्रिपरिषद बैठक नै स्थगित भयो । प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि पहिलो बरियताका डिआइजी नवराज सिलवाललाई महानिरीक्षक बनाउने अडानमा छन् । विधि र प्रक्रिया मिचेर निर्णय गर्दा सुरक्षा निकायको मनोबल कमजोर हुने भन्दै प्रधानमन्त्री र गृहमन्त्री सिलवालको पक्षमा उभिएका छन् ।
तर, क्षेत्रीय आधारमा देउवाले चन्दलाई बोकेका छन् । देउवा डडेल्धुरा र चन्द बैतडीका स्थायी बासिन्दा हुन् । हालका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले उमेर हदका कारण आगामी २ फागुनमा स्वतः अवकाश पाउने भएपछि प्रहरीमा नयाँ नेतृत्व खोजी भएको हो ।
कि प्रधानमन्त्री रोज कि, नवराज सिलवाल रोज
स्रोतका अनुसार काँग्रेस सभापति देउवाले चन्दलाई प्रहरी प्रुमख नबनाए सत्ता गठबन्धन नै धरापमा पर्नेसम्मको चेतावनी प्रचण्डलाई दिएका छन् । उनले सरकारमा काँग्रेसको नेतृत्व गरिरहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई चन्दलाई प्रहरी महानिरीक्षक नबनाए राजीनामा दिन निर्देशन दिइसकेका छन् ।
‘देउवाले प्रधानमन्त्रीलाई धेरै अप्ठेरोमा पारेका छन्’, प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘कि नवराज सिलवाल रोज्नुस्, कि प्रधानमन्त्री पद रोज्नुस भन्नेसम्मको चेतावनी आएको छ ।’ तर प्रधानमन्त्री कुनै पनि हालतमा सिलवाललाई महानिरीक्षक बनाइ छाड्ने अडानमा रहेको उनले बताए ।
-
Source: Suchanakendra

0 comments:

Post a Comment

 
Top