मेलबर्न,१० फागुन– अष्ट्रेलियाको मेलबर्नस्थित सपिङ सेन्टरमा भएको विमान दुर्घटनामा ५ जनाको मृत्यु भएको अष्ट्रेलियन अधिकारीले जनाएका छन् ।

मेलबर्नको इसेनडोन एयरपोर्टबाट उडेको उक्त चार्टर विमानको इन्जिनमा आएको खराबीका कारण दुर्घटना भएको लिनले बताए । उक्त विमान दुर्घटना भएको सपिङ मल नखुलेको कारण धेरै क्षति हुन पाएन ।
५ व्यक्ति तासमानियाको टापुमा घुमिरहेका थिए । विमान दुर्घटना एक सपिङ मलमा भएपनि त्यहाँ कार्यरत सबै कर्मचारी सुरक्षित रहेको प्रत्यक्षदर्शीले बताए ।

अष्ट्रेलियाको ट्रान्सपोर्ट सुरक्षा ब्यूरोका अनुसार उक्त विमान दुर्घटना स्थानीय समय अनुसार मंगलवारको ९ बजेतिर भएको थियो । स्थानीय समाचारमा देखाएको उक्त दुर्घटनाको भिडियोमा दुर्घटनापछि सपिङ मलबाट कालो मुस्लो धूँवा निस्केको देखिएको थियो ।
दुर्घटनाका बेला सय फिटमाथि सम्म कालो र रातो मुस्लो निस्केको र निकै डरलाग्दो चिच्याहट सुनेको प्रत्यक्षदर्शी मिकी काहिले बताए ।
बीबीसी/ लोकान्तर

0 comments:

Post a Comment

 
Top