काठमाडौं, १० फागुन । महानगरीय प्रहरी परिसर काठमाडौंले एक सातामा बिभिन्न अपराधमा संलग्न चार दर्जनलाई नियन्त्रमा लिएर अनुसन्धान सुरु गरेको छ । जसमा पाकेटमार्ने देखी जुवा खेल्ने र हुण्डी कारोबारी समेत पक्राउ परेका छन् ।

परिसरका नयाँ एसएसपी छबीलाल जोशीले आफू मातहतलाई अपराध रोकथाम सँगै आपराधीक क्रियाकलापमा संलग्नलाई कडा कारवाही गर्ने निर्देशन दिएका छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

परिसर सम्हाले लगत्तै आफू मातहतलाई ब्रिफिन दिदै एसएसपी जोशीले आफ्नोे क्षेत्रका गुण्डा नाईके र तिनका सदस्यमाथी बिषेश निगरानी राख्न आदेश दिएका थिए । आफ्नो कार्यकालमा काठमाडौं बासीले आफूलाई सुरक्षीत भएको महोशुस गर्नु पर्ने उनले ब्रिफिनमा आफू मातहलताई सुझाएका थिए ।

गुण्डागर्दी माथी बिषेश निगरानी बढाएको एक साता मै काभ्रेली गुण्डा नाईके दावा लामा डिस्कोबाट पक्राउ परेका थिए । परिसर मातहतले ५ फागुणमा ४ जना जुवाडेसहित

७ थान तास र २ लाख ५३ हजार रकम सहित नियन्त्रणमा लिएको थियो भने, ०६ फागुणमा वौद्ध फुलवारी स्थित लोप्साङ्ग शेर्पाले संचालन गरेको चियापसललाई जुवा अखडा बनाई खेलाई रहेको छ भन्ने विशेष सुचना प्राप्त भए पश्चात यस परिसरवाट जुवा खेल्ने

४ जना जुवाडेसहति जुवा खेल्न प्रयोग हुने सामाग्री र २ लाख ९७ हजार ३ सय ५५ रकम सहित नियन्त्रण लिई अनुसन्धान अगाडी बढाएको परिसरले जनाएको छ । तेस्तै प्रहरीले ७ फागुणमा चमती क्षेत्रमा मनोप्रदिक लागू औंषध नोफिन ३२ थान, डाईजोपाम ३२ थान र फेनारगन ३२ थान सहित बर्ष २६ को बिकी मानन्धर र बुढानिलकण्ठ ज्योतीनगर स्थित श्लोक मेडिकल हलका सञ्चालक बर्ष २४ को गणेश रिजाल र बर्ष २० को दिपक मगर पनि “ख“ समुहमा पर्ने ट्रामाडोल हाईड्रोक्लोरिक क्याप्सुल २० थान बिक्री गरेको आरोप पक्राउ परेको परिसरले जनाएको छ ।

उता ५ फागुणमा प्रहरीले ढल्कुमा २ किलो चरेश सहित जैशीदेवल घर भएका बर्ष ४० को सुदर्शन रञ्जितलाई पक्राउ गरेको छ । लागू औंषध पक्राउ गर्न शिलशिलामा परिसरले ३ फागुणमा जैसीदेवल स्थित सबिना मगरको डेरा केठा खान तलासी गर्दा नफीन ५९ थान, डाइजोपाम १६० थान, फेनागन १६९ थान गरी जम्मा ३८८ थान बरामत गर्न प्रहरी सफल भएको थियो ।

पक्राउ परेकालाई अदालतवाट लागू औषध मुद्धामा म्याद थप गरि बृत जनसेवाले थप अनुसन्धान गरिरहेको परिसरले जनाएको छ । उता कपन प्रहरीले घर फुटाउने औजार सहित चोर पक्राउ गरेको छ । २ फागुणमा उदयपुर गाईघाट घर भई हाल कपन बालुवाखानी बस्ने रुपेश थापालाई पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले सटर फुटाउने हतौंडा सहित श्यामशुङ कम्पनीको मोबाईल समेत बरामत गरेको छ ।

२ फागुण देखी प्रहरीले ८ फागुणसम्म काठमाडौको विभिन्न स्थानवाट मोवाईल, क्यामेरा ल्यापटप चोरि तथा लुटपाट गर्ने १२ जना चोरहरु पक्राउ गरि वालाजु, वानेश्वर, गौशाला र लैनचौर बृतहरुले थप अनुसन्धान गरिरहेको परिसरले जनाएको छ । प्रहरीले चोर पक्राउ गर्नुको साथै नक्कली पेस्तोल देखाई लुटपाट गर्ने समूहलाई समेत पक्राउ गर्न सफल भएको छ ।

नुवाकोट सामरी घर हाल बालाजु ढुङ्गेधारा बस्ने वर्ष ३० को पुर्ण बहादुर तामाङ् समेत ४ जनालाई लैनचौर प्रहरीले पक्राउ गरेको छ । ६ फागुणमा रिङरोड चल्ने बा.२ ख १७७३ नं.को बस चालक कै पाकेट मार्ने सोलुखुंबु घर भई हाल ललितपूर हरिसिद्धी बस्ने वर्ष २१ को एलिस बस्नेत पक्राउ परेका छन् । पाकेटमारी भाग्दै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । यो साता प्रहरीले हुण्डी कारोबारीलाई समेत पक्राउ गर्न सफल भएको छ ।

८ फागुणमा प्रहरीले न्युरोड स्थित आरवि कम्लेक्स अगाडीबाट राजेन्द्र भट्टराईको साथवाट रु ५,४३०००।– विकास कार्कीको साथवाट रु ४,६५०००।– जम्मा रु दसलाख आठ हजार स्रोत नखुलेको रकम वरामद गरेको जनाएको छ । उक्त रकम हुण्डी गर्ने ल्याएको हुन सक्ने अनुमान प्रहरीकोे छ ।

पक्राउ परेका व्यक्तिवाट उक्त रकम गैरकानुनि तरिकावाट विदेश पठाउन लागेको भन्ने प्रारम्भिक बयान दिएपछि प्रहरीले हुण्डीको बिषय जोडेर अनुसन्धान अगाडी बढाएको जनाएको छ । उता महानगरीय प्रहरी घरेलु मदिरा नष्ट गर्न तिर पनि लागेको छ । यस्ता मदिराले व्यक्तिको ज्यानै लिएको उदाहरण धेरै भएका कारण यो जरो देखीनै निर्मुल पार्नु पर्ने बुझाई प्रहरीको छ ।

प्रहरीले ८ फागुण मै वर्ष ३७ कि सिदार पुटि र ऐ ऐ घर भएकि वर्ष २७ भुटि पुटिले टहरा वनाई अबैध रुपमा घरेलु मदिरा निर्माण गरि वेच बिखन गर्ने भन्ने विशेष सुचनाको आधारामा छापा मारी १५०० लिटर घटना स्थलो मुचुल्का गरि स्थानिय वासिन्दाको रोहवरमा मदिरा नष्ट गरेको जनाएको छ ।

0 comments:

Post a Comment

 
Top