फागुन १७, सिन्धुपाल्चोक – घुमथाङ गाविस ६ सिन्धुपाल्चोकको खोले खर्कमा संसारकै सबैभन्दा ठुलो २५ मिटर उचाई भएको ऊँ टावर बन्ने भएको छ ।

नेपाली मौलिक धर्म संस्कृतिको संरक्षण धार्मिक पर्यटकीय स्थलको विकास गरी स्थानिय युवाहरुलाई समेत रोजगारी दिने र समग्र सिन्धुपाल्चोक जिल्लाकै विकास र परिचयमा सघाउ पु¥याउने उद्देश्यले ऊँ पार्क नेपालले उक्त टावर निर्माण गर्न लागेको हो ।
सोमबार प्रख्यात गुरु पाईलट बाबाद्धारा सिलन्यास गरिएको उक्त ऊँ टावर समुन्द्री सतहबाट ८०० फिट उचाईमा रहेको छ । ऊँ पार्क नेपालको ऊँ टावर शिलन्यास कार्यक्रममा प्रमुख अतिथि पाईलट बाबा लगायत काठमाडौबाट पूर्व सचिव मोदनाथ डोटेल, डा. अनिल मिश्र, अमृत खड्का, गोरखनाथ परिवारका अध्यक्ष खुसिला श्रेष्ठ, संञ्चारकर्मी जनकदीप पराजुली, अधिवक्त दिपक दुवे, समाजसेवी पुण्यलाल श्रेष्ठ, पुष्कर उप्रेती सिन्धुपाल्चोक जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी कृष्ण बहादुर शाहीको उपस्थिति थियो ।
करिब ५ सय स्थानीयहरुको उपस्थितिमा सम्पन्न भएको शिलन्यास कायक्रममा ऊँ पार्क नेपालका अध्यक्ष शेखर ढुङ्गेलले यसको उद्देश्य र महत्व बारे प्रष्ट पार्नुभएको थियो भने कोषाध्यक्ष लिला नेपालले सहभागी सबैलाई धन्यावाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रम समापन पछि पाईलट बाबाले त्यहाको रमणिय दृश्यहरु अवलोकन गर्नु भएको थियो । ओएस नेपालको सहयोगमा

0 comments:

Post a Comment

 
Top