काठमाडौं । अनैतिक क्रियाकलाप गर्ने १४ जना प्रहरीको फन्दामा परेका छन् । भक्तपुरको एक होटलमा अनैतिक काम गर्ने १४ जनालाई भक्तपुर प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो ।
नगरकोट नगरपालिका–११ स्थित रातोभाले रेष्टुरेण्टमा अनैतिक क्रियाकलापमा संलग्नको भन्दै अनन्तलिङ्गेश्वर नगरपालिका–३ बस्ने २९ बर्षीय संजोक थापा र ३ जना महिलासहित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले अन्य पक्राउ परेका व्यक्तिहरुको नाम खुलाएको छैन् ।
यसबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी कारबाही गरिने भक्तपुरकी एसएसपी किरण रानाले जानकारी दिइन् ।न्यूज 24 नेपालको सहयोगमा
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment