फागुन, काठमाडौं । आगामी फागुन २१ देखि चैत चारसम्म मेची–महाकाली अभियानको तयारीमा रहेको प्रमुख प्रतिपक्षी एमालेले आफ्नो पूर्वनिर्धारित कार्यक्रममा अवरोध नगर्न अन्य राजनीतिक दल र उनका कार्यकर्तालाई आग्रह गरेको छ । एमाले अध्यक्ष केपी ओलीले आफूहरुको अभियान राष्ट्रिय एकताका बारेमा प्रष्ट पार्ने र यो कसैका बिरुद्ध नहुने बताए । अध्यक्ष ओलीले अभियान कसैको बिरोध र भण्डाफोरको लागि नभएकाले अवरोध नगर्न अन्य पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे । तर यसमा अवरोध तथा भाँजो हालिए एमालेले त्यसको दृढतापूर्वक प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन समेत दिए । मेची–महाकाली अभियानको लागि एमालेले नेता कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय परिचालन समिति गठन गरिएको छ । अभियान झापाबाट २१ गते सुरु भइ चैत ४ गते कञ्चनपुरमा पुगेर सकिनेछ । यसबीचमा हुने बिभिन्न औपचारिक कार्यक्रम तथा सभाहरुमा एमालेका उपलब्ध नेताहरुले सम्बोधन गर्ने बताइएको छ । अभियानका सबै कार्यक्रमहरु पूर्व(पश्चिम राजमार्ग केन्द्रित हुनेछन् । यस्तै एमालेले मेची–महाकाली अभियानमा अनिवार्य उपस्थितिका लागि कार्यकर्तालाई हृवीप नै जारी गरेको छ । अध्यक्ष ओलीले हृवीप नटेर्ने कार्यकर्ता एमालेका लागि औचित्यहीन रहेको समेत बताए । -
कार्यकर्तालाई ओलीको निर्देशन : ‘एमालेसंग निहुँ खोज्नेलाई छानी–छानी ठेगान लगाउनु’ -

0 comments:
Post a Comment