काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा खरानी धसेर जय शम्भो भन्दै नांगै बसेका जटाधारी बाबा प्रशस्तै देखिन्छन् ।
नागा बाबासँग जोडिएर तस्विर खिचाउन रुचाउने युवा बढ्दै गएका छन् । युवा पुस्ताले नागाबाबाको नाङ्गो दृश्यलाई खासै नराम्रो मान्दैनन् । तर पाका महिला भने नागाबाबाको नांगो दृश्यले असहज हुने गरेको बताउँछन् ।
‘यो धार्मिक स्थल भएकोले नांगै बस्नु उचित होइन । पशुपतिमा बिहीबार भेटिएकी रमकला तिवारीले भनिन् भगवानको दर्शन गर्न भनेर आएको मन्दिर परिसरमा नांगा मान्छे देखेपछि खल्लो महसुस हुनेरहेछ । परम्परा भएपनि नागाबाबाले गुप्ताङ छोप्नुपर्ने बताइन् ।
इन्द्रकुमारी खत्रीलाईपनि नागा बाबा देख्दा अफ्ट्यारो महशुस हुन्छ । ‘जेठाजुलाई कपाल नदेखाउने प्रचलनमा हुर्किएकी हुँ बाबाको नांगो दृश्यले भगवानकै अपहेलना गरेजस्तो लाग्छ ।’ इन्द्रकुमारी खत्रीले बताइन् ।
कोही महिला भने नांगो दृश्यले खासै अपठ्यारो नपर्ने बताउँछन् । ‘आफ्नै मान्छे नांगो बसेको पो असहज हुनु चिन्दै नचिनेको व्यक्ति भएकाले नांगो बसेका बाबाले कुनै नराम्रो गरेजस्तो लाग्दैन ।नागाबाबा शिवरात्रीकै आकर्षक रहेको राधिका लामिछानेको बुझाइ छ । आजको नागरिक दैनिकमा समाचार छ ।

0 comments:
Post a Comment