शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आम नेपाली पार्टीको बारेमा जानकारी दिँदै आपाङगताका नाममा एनजिओ÷आईएनजिओेहरूले डलरको खेति गरिरहेको आपत्ति जनाएका हुन्।
संयोजक पौडेलले भने,‘यो पार्टी फरक बिचार बोकेर आएको पार्टी हो, यसले जनताका मौलिक समस्याहरू उठान मात्रै गर्दैन्, समस्याको समाधान पनि गर्नेछ, यो पार्टीले जेष्ठ नागरिकको हकहितका विषयमा काम गर्नेछ, आमाबुवालाई नपाल्ने सन्तानलाई कारबाही गर्न हाम्रो पार्टीले कदम चाल्ने छ, अब अपाङ्गता भएका मानिसहरु माँग्ने मात्रै हाईनन्, अरुको चिन्ता पनि गर्छन् भन्ने उदाहरणका साथ यो पार्टीको स्थापना भएको छ।’
त्यस्तै हाम्रो पार्टी नेपालका अध्यक्ष गोविन्द बोहराले नेपालमा मौलिक वाद र बिचारको भएका पार्टीले जनताकोबीचमा उचित स्थान नपाएको स्थितिलाई चिर्नको लागि आफ्नो पार्टी र आम नेपाल पार्टी अघि बढ्नेमा जोड दिए।
उनले भने,‘नेपालमा मौलिक बिचार र वाद बोकेको पार्टी हाम्रो नै हो, कुनै पनि काम सानैबाट सूरुहुन्छ, आज सानो पार्टि भनेर कसैले हेप्न पाईदैन, भोलि यहि पार्टी जनताको प्रिय पार्टी बन्न सक्छ, त्यसैले सबैको साथ लिएर अघि बढ्न सक्नुपर्छ।’
व्यवस्थापिका–संसदमा ४० प्रतिशत यूवाको उपस्थितितको माग, कार्यकारी राष्ट्रपति र संवैधानिक प्रधानमन्त्री चुन्न पाउने व्यवस्था हुनुपर्ने, जेष्ठ नागरिकको भलाईको लागि काम गर्ने, राष्ट्रिय अपाङ् आयोग गठन गरि सातै प्रेदशमा तालिम केन्द्र बनाउने, कालोबजारीको अन्त्य गर्ने जस्ता काम गर्नको लागि आम नेपाल पार्टी अघि सरेको दक्षिण एशियाको पहिलो अपाङ्गता मैत्री पार्टी हुने उनीहरुको विश्वास छ।
0 comments:
Post a Comment