पुनर्वास, १५ फाल्गुन ।
पुनर्वास नगरपालिकाले आनन्द बजारमा कल्भर्ट निर्माण कार्य सुरु गरेदेखि नै अवरोध पुर्याएको भारतले शनिबारसम्म पनि कल्भर्ट निर्माणमा अनेक वाहाना देखाउदै निर्माण कार्यमा अवरोध गरिरहेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रेम बहादुर कुवँरले मंगलबार भारतीय पक्षसँग गरेको सहमति लत्याउदै भारतले कच्ची निर्माणमा पनि काममा अबरोध खडा गरेको छ ।
पहिले कल्भर्ट निर्माण हुन लागेको स्थानबाट ४ सय मिटर पर गस्ती गर्ने भएता पनि कल्भर्ट निर्माण कार्य सुरु भएदेखि उक्त भुमिलाई विवादित बताएको थियो । तर अहिले सो स्थानलाई एकतर्फी स्तम्भ मान्न थालेका छन् ।
प्रष्ट नेपाली भुमिमा रहेको डुम्रीको रुखलाई नै आफुहरुले नेपाल भारत स्तम्भ मान्ने गरेको एसएसबीका प्रहरी निरीक्षक टि.के. हंकले बताएका छन् ।
शुक्रबार आनन्द बजारका स्थानीय केदार खड्कालाई कल्भर्ट निर्माणका क्रममा बोलेको आरोपमा भारतका स्थानीयहरुको निर्घात कुटपिट गरेको स्वयं पीडित खड्काले बताएका छन् ।
कल्भर्ट निर्माण उपभोक्ता समितिका सचीव चन्द्रमणि गैरेलाई समेत स्थानीय तथा एसएसबीले भारत गए सुरक्षित नहुने भन्दै धम्याएका छन् ।
कच्ची कल्भर्ट बनाउन सहमति भएपनि भारतले सो स्थानमा एक कोदालो माटो खन्न दिएको छैन । टाढाबाट माटो ल्याएर हाल्न परेको पुनर्वास नगरपालिकाका प्राबिधिक लालमन तामाङ्गले बताए ।
उच्चपदस्थ सरकारी कर्मचारी र सरकारलाई सीमाको माया नभएका कारण सीमा क्षेत्रको घाउ झन्–झन् बल्झदै गएको आनन्द बजारका स्थानीय मीनबहादुर शाहीको बुझाइ छ । “कल्भर्ट निर्माणमा माटोको मात्र प्रयोग गरिंदा वर्षामा माटो बगेर जाने निश्चित नै छ, जसरी भएपनि कल्भर्ट टिकाउ र दीर्घकालीन नहोस् भन्ने भारत चाहान्छ ।” शाहीले भने ।
नेपाली भुमिलाई दिनानुदिन भारतले विवादित बनाउदै आएको प्रति सरकारले कुनै प्रभावकारी कदम चाल्न नसकेको आनन्द बजारका अध्यक्ष दलबहादुर शाहीको गुनासो छ ।
कर्णाली न्यूज बाट।

0 comments:
Post a Comment