काठमाडौं । फिल्म मेकर कृषा चौलागाइँद्वारा निर्माण गरिएको महत्वकांक्षी फिल्म ‘पलाँस’ले रिलिज डेट टुङ्गोलगाएको छ । यही चैत १८ गते ‘पलाँस’ अल नेपाल रिलिज हुनेछ ।

‘पलाँस’लाई सुवास कोइरालाले निर्देशन गरेका हुन् । ‘पलाँस’को कथा नारीकै सेरोफेरोमा छ । सामान्य नारीको कथालाई फिल्ममा सामान्य रुपमा प्रस्तुत गरिएको छ । ‘पलाँसको कथाले समाजमा सन्देश छाड्नेछ’, कृषाले भनिन्, ‘त्यसका लागि फिल्म पनि हेर्ने कि ?’

फिल्ममा अभिनेत्री रेखा थापा, कामेश्वर चौरासिया र आयुव केसीलगायतका कलाकारहरूको भूमिका छ । पलाँसका संगीतकार अर्जुन पोखरेल र प्रदीप बास्तोला हुन् । द्वन्द्व निर्देशक सानुकुमार महर्जनले गरेका छन् ।

कृषाले यसअघि ‘इन्साफ’, ‘के म तिम्रो साथी बन्न सक्छु ?’, ‘कसम हजुरको’ आदि फिल्म बनाइ सकेकी छिन् । सबै फिल्मबाट उनले दर्शकको साथ पनि पाएकी थिइन् । ‘पलाँस’बाट पनि साथ पाउनेमा उनी ढुक्क छिन् ।

0 comments:

Post a Comment

 
Top