पीडित दङ्गालका श्रीमान् डोलबहादुर दङ्गालले सिकर्मीको काम गरेपनि अहिले उहाँको पनि स्वास्थ्यमा समस्या देखिएपछि उपचारमा झनै समस्या थपिएको आफन्त राधाकृष्ण दङ्गालले जानकारी दिनुभयो । २०७३ भदौ १४ गतेदेखि दुवै मिर्गाैला पीडित भई पाल्पा, भैरहवा तथा काठमाडौँका अस्पतालमा उपचार भएको आफन्तले जानकारी दिनुभयो । अझै उपचारको आवश्यक रहेको भन्ने चिकित्सकको सल्लाह अनुसार अघि बढ्न आर्थिक समस्या भएपछि सहयोगका लागि हात जोडेको दङ्गालको भनाइ छ ।
पीडित दङ्गालको श्रीमान्सहित परिवारमा तीन छोरी र एक छोरा रहेका छन् । परिवारको आर्थिक अवस्था निकै कमजोर भएको हँुदा मिर्गाैलाको उपचारमा समस्या थपिएको हो । पछिल्ला वर्षमा पाल्पामा मिर्गौला पीडितको सङ्ख्या बढेको छ । मिर्गौला पीडितलाई सरकारले उपचारमा आर्थिक सहयोग गरे पनि पूर्ण सहयोग बिना बिरामी उपचार गराउन सक्ने अवस्था भने छैन । पीडित दङ्गालले आफूलाई आर्थिक सहयोग गरी उपचारबाट पुनर्जीवन दिन उहाँले सबैलाइ आग्रह गर्नुभएको छ । रासस
0 comments:
Post a Comment