काठमाडौं, १२ फागुन – दोलखाको धार्मिक स्थल कालिञ्चोक भगवती मन्दिरसम्म पुग्ने केवलकार निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ।

लापिलाङ गाविसको कुरीमा मूख्य स्टेसन रहने त्यस केवलकारको भौतिक संरचना धमाधम बनिरहेको छ। केहि महिनाअघि जिल्ला बन कार्यालयले आफूलाई नसोधी निर्माण थालेको भन्दै अवरोध जनाएको थियो।
गुठी संस्थानसँग अनुमति लिएको र कालिञ्चोक गुठी मातहात रहेको भन्दै कम्पनीले निर्माण
रोकेको छैन। आयोजनाको काम २० प्रतिशत सम्पन्न भएको निर्माण कम्पनी काञ्चिोक दर्शन लिमिटेडका म्यानेजर रामचन्द्र आचार्यले बताए। आजको अन्नपूर्ण पोस्ट दैनिक ले खबर छापेको छ।

0 comments:

Post a Comment

 
Top