काठमाडौं, १२ फागुन । माओवादी पार्टीमा रहँदा प्रकाश दाहालसँग लफडा परेपछि पार्टी नै परित्याग गरेर राप्रपा प्रवेश गरेको दुई महिनाभित्रै अभिनेत्री रेखा थापाले महिला आरक्षणबाट केन्द्रीय सदस्य पद पड्काइन् ।
संगठन गर्ने बेला प्रकाशको अपमानका कारण माओवादीमा निश्क्रिय बसेकी रेखालाई राप्रपाको एकता महाधिवेशन बम्पर उपहार बन्न पुगेको छ । महिला आरक्षित कोटामा दोस्रो नम्बरमा रहेकी रेखाले १ हजार ६ सय ३ मत पाइन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
राजनीतिमा सक्रिय रहेका र खुला रुपमा प्रतिस्पर्धा गर्न नसक्नेहरूका लागि राखिएको आरक्षित महिला सिटमा उम्मेदवारी दिएकी रेखाले दुई महिनाभित्र राप्रपामा बम्पर उपहार पाएको चर्चा हुन थालेको छ ।दैनिक नेपालको सहयोगमा

0 comments:
Post a Comment