वीरगन्ज : पूर्वराजा ज्ञानेन्द्र शाह वीरगन्ज आउँदा उनका समर्थक र राजावादी संघसंगठनका कार्यकर्ताले राजनीतिक दलविरुद्ध चर्को नाराबाजी गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
महाशिवरात्रिमा वीरगन्जमा रहेका मन्दिरमा पूजापाठ गर्न शुक्रबार अपरान्ह वीरगन्ज आएका पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा सहभागी उनका समर्थकले राजनीतिक दलका नेताविरुद्ध नाराबाजी गरेका हुन्।
महाशिवरात्रिमा वीरगन्जमा रहेका मन्दिरमा पूजापाठ गर्न शुक्रबार अपरान्ह वीरगन्ज आएका पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा सहभागी उनका समर्थकले राजनीतिक दलका नेताविरुद्ध नाराबाजी गरेका हुन्।
वीरगन्जको घण्टाघर चोकदेखि अलखीयामठ चोकसम्मको मुख्य सडकको दुवै तिर लाम लागेर पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा बसेकाले नेता चोर देश छोड, नेता सबै विदेशी दलाल हुन्, राजा ल्याऊ देश बचाऊ, राजा जनता एक हौँ, राजा कस्को जनताको, हाम्रा राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा रानी जिन्दावाद, जस्ता नारा लगाए।
पूर्व ज्ञानेन्द्रको स्वागतमा सडकमा नेपाली कांग्रेस, नेकपा एमाले, मधेसी दलका जिल्ला स्तरका नेता र दलका कार्यकर्ता पनि हातमा पुष्पगुच्छा लिएर उपस्थित थिए। पूर्वराजाको स्वागतमा देखिएका केही नेताले पुर्वराजा ज्ञानेन्द्रको खुट्टामा पनि ढोगेका थिए।
स्वगातमा बसेका समर्थकलाई पुर्वराजा ज्ञानेन्द्रले चोक चोकमा रोकिएर हात हल्लाउदै अभिवादन पनि गरेका छन्। बाराको सिमराबाट बा ४ च ३८०७ नम्बरको गाडीमा सवार भइ शुक्रबार अपरान्ह साढे चार बजे वीरगन्जको अलखीया मठ मन्दिरमा आइपुगेका पूर्वराजा ज्ञानेन्द्रले करिब २० मिनेट पूजापाठ गरेका छन्।
पूर्वराजा ज्ञानेन्द्रको वीरगन्ज भ्रमणलाई लक्षित गरेर बजार क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको थियो । नगरका चोक चोकमा सादा पोशाकमा पनि प्रहरी खटिएका थिए ।
वीरगन्जमा पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा सहभागी हुन पर्सा, बारा, रौतहट, मकवानपुर र सीमावर्ती भारतको रक्सौलबाट पनि मानिस आएका थिए ।
शुक्रबार वीरगन्ज आएका पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा करिब पाच हजार मानिस सहभागी भएको नेपाल राष्ट्रवाद संघका केन्द्रिय अध्यक्ष जनकलाल साहले दाबी गरे ।
पूर्वरानी कोमल शाहको जन्म उत्सव मनाउन कोमलसँगै फागुन ५ गते सिमरा आएका पूर्वराजा ज्ञानेन्द्र फागुन ७ गते चितवन गएका थिए । चितवनमा पुर्वरानी कोमलको जन्मोत्सव बनाएर दुवै जना फगुन १० गते फेरि सिमरामै फर्किएका थिए ।
त्यसपछि उनी मुख्य सडकमा पैदल यात्रा गर्दै माइस्थान चोकमा रहेको गहवामाई मन्दिरमा पुगेका थिए। गहवामाई मन्दिरमा पनि करिब १५ मिनेट पूजापाठ गरेपछि त्यहाबाट आफै गाडी हाँकेर फेरि सिमरा फर्किएका छन्।



0 comments:
Post a Comment