पथरी, १३ फागुन।मोरङको पथरीशनिश्चरे ५ अवस्थित जलेश्वर शिवालय मन्दिरको आज फागुन १३ गते शिवरात्रीको दिन पारेर उद्घाटन गरिएको छ । नेपाली काङ्गेसका युवा नेता केदार कार्कीको प्रमुख अतिथ्यमा सम्पन कार्यक्रममा वद्ध वृद्धा र सहयोगीदातालाई सम्मान तथा दोसल्लाह ओडाएर सम्मान गरिएको थियो । रिवन काटेर मन्दिरको उद्घाटन गर्दै युवा नेता कार्कीले ‘मन्दिर भनेको संस्कार, कानुन र मार्गदशन हो त्यसैले तपाईंहरुको योगदानले आम जनमानसमा सकारात्मक सन्देश छर्छ । यो तपाईंहरुको हौसलाले मन्दिर संरक्षणमा आफूले सक्ने सहयोग आफ्नु तर्फबाट गर्ने प्रतिबद्धता ब्याक्त गर्नुहोस् ।’
वि.सं. २०७० सालमा उक्त मन्दिर भएको स्थानमा सालको रुख काट्दा रगत बगेको र उक्त मन्दिर आसपासमा देवी देवताहरु आएर बस्ने र मानिसहरुलाई बिउँझाउने गरेकाले देविथान स्थापना गरी मन्दिर निर्माण गरिएको अध्यक्ष चुणाकर्ण तुम्वापोले बताए । मन्दिर निर्माणमा स्थानीय हरिमाया कुईकेलले १ कठ्ठा जग्गा दिई स्थानीयको सहयोग र श्रमदानबाट मन्दिर स्थापना गरिएको कार्यक्रम सचिव केदार बोहोराले जानकारी दिए ।
उक्त मन्दिरमा चन्द्र प्रसाद ढुङ्गानाले शिवलिङ्ग, नरिता पाण्डेले गणेशको मुर्ति र स्थानीयको सहयोगमा २ लाख ८९ हजार ७६५ सहयोग गरिएको थियो । मन्दिर निर्माणमा २ लाख ६१ हजार २६५ खर्च गरी २८ हजार ५०० नगद कोशमा रहेको सचिव बोहोराले जानकारी दिए । मन्दिर उद्घाटनमा नेताद्वय गोपाल सेडाई र आशिस कार्की तथा बद्रि निरौला, दिवश राजवंशी, गणेश खड्का लगायत अन्य अतिथिले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । आजको खबरको सहयोगमा

0 comments:

Post a Comment

 
Top