ललितपुर स्थित किसुन जी आश्रम बाडे गाउँमा कांग्रेस शभापति देउवा र पाइलट बाबा बिच गोप्य वार्ता भएको समाचार स्रोतले बताएको छ । उनीहरु बिच आज ३ :३० बजे वार्ता भएको हो ।
देउवा र पाइलट बाबा बीच नेपालको पछिल्लो राजनीतिक अवस्था र हिन्दु राष्ट्रका बारेमा समेत कुराकानी भएको उच्च स्रोतले बताएको छ ।
उक्त गोप्य वार्ताका बारेमा देउवा भने बोल्न चाहेका छैनन् । किसुन जीको आश्रम बाडे गाउँमा कांग्रेस शभापति देउवासगैँ मन्त्री प्रकासशरण महत,मन्त्री शंकर भण्डारी,पूर्व मन्त्री पुर्ण बहादुर खड्का र पूर्व प्रधानमन्त्री केपी ओली श्रीमती राधिका शाक्य ओली लगायतकोे पनि भेट वार्ता भएको छ ।
किसुन जी आश्रमकी अमिता कपालीले आयोजना गरेको मृतुन्जयको पुजामा ओली श्रीमती पनि पाइलट बाबालाई सुटुक्क भेटेकी छन् । त्यसो त भेटवार्तासगैँ राधिका पुजामा समेत सहभागी भएकी हुन् ।
SOurce: Newsabhiyan
0 comments:
Post a Comment