
काठमाडौंको अनामनगरमा शनिबार ‘रोयो फौजी मन’ बोलको एल्वम विमोचन कार्यक्रमपछि पत्रकारहरूसँग कुरागर्दै पूर्वमन्त्री समेत रहेका अध्यक्ष न्यौपानेले भने, ‘मधेसी मोर्चाले गरेको आन्दोलन, तराईका विभिन्न अराजक समूहहरूका क्रियाकलापले पहाड र तराईका बीच फाटो ल्याउने प्रयास भएको छ । यस्ता कार्यले राष्ट्रियता कमजोर बनाएको महसुस जनताले गरेका छन् ।’
मुलुकलाई विखण्डन गर्छु भनेर केही तत्व दिनदहाडै हिँडेको प्रशङ्ग कोट्याउँदै न्यौपानेले भने, ‘अराजकता मच्चाउने कार्य गर्नेहरूलाई राज्यले कानूनको दायरामा ल्याउनु पर्छ । कडा कारबाही गर्नुपर्छ ।’
विशेष गरेर कांग्रेस, एमाले र माओवादी केन्द्रसहितका दलहरू राष्ट्रियताका विषयमा चिन्तित हुनुपर्ने अध्यक्ष न्यौपानेको भनाइ छ । ‘ठूला दलहरू मिल्नुको बिकल्प छैन’, उनले भने, ‘संविधान संशोधनका नाममा तराई र पहाड छुट्याउने कार्य हुँदैछ । यो कार्य नेपाली जनताले कुनै पनि हालतमा मान्ने पक्षमा छैनन् ।’
स्थानीय निर्वाचनको मिति घोषणाका विषयमा तपाईको पार्टीको धारणा के छ भन्ने जिज्ञासामा अध्यक्ष न्यौपानेले भने, ‘लामो समयदेखि मुलुकमा निर्वाचन हुन पाएको थिएन । निर्वाचन तोकिएको मितिभित्र गर्नुपर्छ । प्रजातान्त्रिक मूल्य र मान्यतालाई स्थापित गर्नुपर्छ । केही अतिवादीहरूले चुनाव रोक्ने प्रयास गरिरहेका छन् । उनीहरूको प्रतिकार नेपाली जनता आफैले गर्ने छन् ।’
0 comments:
Post a Comment