
काठमाडौंको महाराजगञ्जस्थित कांग्रेस महामन्त्री डा.शशांक कोइरालाका निवासमा शनिबार बिहान बसेको अनौपचारिक बैठकमा सभापति देउवालाई पार्टीका विधान विपरितका कार्य नगर्न सचेत गराएको हो ।
स्रोतले भन्यो, ‘सभापति शेरबहादुर देउवाले पार्टीको बैठक पनि बोलाउनु हुँदैन । आफू अनुकूलका कार्य र निर्णय गर्दै आउनु भएको छ । यस्ता कार्यको विरोध गर्नु पर्छ ।’
पौडेल समूहको बैठकले पार्टीको बैठक छिटोभन्दा छिटो बोलाएर स्थानीय निर्वाचनको तयारी र पार्टीका पदाधिकारी नियुक्तिका विषयमा निर्णय लिन दबाब दिने सहमति गरेको छ ।
बैठकमा राजदूत नियुक्तिमा गृहमन्त्री विमलेन्द्र निधि र परराष्ट्रमन्त्री प्रकाश शरण महतले राजदूत नियुक्तिमा एकलौटी गरेको भन्दै आलोचना भएको थियो ।
0 comments:
Post a Comment