सिंहदरवारस्थित सभामुख ओनसरी घर्तिमगरको सभाकक्षमा भएको बैठकमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली। 

काठमाडौं- दुई दिनदेखि बस्न नसकेको संसद बैठक आजदेखि सुचारु हुने भएको छ। संसद सुचारु भएसँगै संविधान संशोसन प्रक्रिया पनि अगाडि बढ्ने भएको छ।
सिंहदरवारस्थित सभामुख ओनसरी घर्तिमगरको सभाकक्षमा भएको त्रीपक्षीय छलफलमा संसद सुचारु गरी संविधान संशोधन प्रक्रिया अगाडि बढाउने सहमति भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र सभामुख घर्तिमगरबीच छलफल भएको थियो।
छलफलपछि सञ्चारकर्मीसँग बोल्दै सभामुख घर्तिमगरले संसद खोल्ने सहमति भएको बताइन्। उनले सदनमा रहेको कार्यसूची प्रक्रियागत रुपमा अगाडि बढाउनका निम्ति प्रतिपक्षी दलले सहयोग गर्ने सहमति भएको बताइन्।
सहमति जुट्न नसक्दा दुई दिनदेखि संसद बैंठक बस्न सकेको थिएन। आज ३ बजेका लागि संसद बैठक बोलाइएको छ।
भिडियो हेर्नुस्:
 
नागरिक न्यूज को सहयोगमा

0 comments:

Post a Comment

 
Top