विराटनर, फागुन १२। महेन्द्र मोरङ क्याम्पसका विद्यार्थी र प्रहरीबीच झडप भएको छ। बिहीबार भएको झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ।
सडक निर्माण गर्न रोडशेष चोक क्षेत्रमा खटिएको डोजरले विद्यर्थाीलाई घाइते बनाएपछि स्थिति तनावपूर्ण बनेको थियो।
डोजरले मोरङ क्याप्समा बिबिएस दोस्रो वर्षमा पढ्ने सुरज यादवलाई ठक्कर दिएर घाइते बनाएपछि आक्रोसित बनेका विद्यार्थीले डोजरमा आगजनी गरेपछि स्थिति बिग्रिएको थियो। घाइते यादवलाई उपचारका लागि अस्पताल पठाएको छ। प्रहरीले डोजर चालक ब्रिजेशकुमार गुप्तालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका चारजना विद्यार्थी पनि छुटेका छन्।
प्रदर्शनमा उत्रिएका विद्यार्थीले क्याम्पस परिसरभित्रबाट प्रहरीलाई ढुंगा बर्षाएका थिए। घटना नियन्त्रणमा लिन चार राउन्ड हवाई फायर गरिएको थियो। अहिले स्थिति समान्य भएको मोरङ प्रहरीले जनाएको छ।
(डीसीनेपालबाट)

0 comments:

Post a Comment

 
Top