भगवान शिवलाई भक्तजनको पुजादेखि सबैभन्दा चाँडै प्रसन्न हुने भगवानका रुपमा लिइन्छ। हरेक युगमा भगवान शिवले आफ्ना भक्तजनको रक्षाका लागि अवतार लिएको विश्वास गरिदै आएको छ। भगवान शिवले १२ रुद्र अवतार लिएका थिए। भगवान शिवको एक अवतारका रुपमा हनुमानलाई पनि लिने गरिन्छ। शिवको अवतारका रुपमा हनुमानलाई पुजिदै आइएको छ।
हनुमानको जन्ममा के भन्छ शास्त्र ?
शास्त्रमा रामभक्त हनुमानको जन्मको दुई तिथि भगवान शिवसँग मिल्छ। जसले गर्दा उनलाई भगवान शिवको अवतार मानिने गरिन्छ। रामभक्त अनुमानकी माता अञ्जनीले भगवान शिवको घोर तपस्या गरेकी थिइन्। तपस्यामा उनले पुत्र लाभको वरदान मागेको शास्त्रमा उल्लेख छ। अञ्जनीको तपस्यादेखि प्रसन्न भएर भगवान शिवले पवन देवको रुपमा आफ्नो रुद्र शक्तिको केही अंश यज्ञ कुण्डमा अर्पित गरेका थिए। भगवान शिवले अर्पित गरेको शक्ति अञ्जनीको गर्भमा प्रविष्ट भएको शास्त्रमा उल्लेख छ। त्यसपछि चैत्र शुक्ल पूर्णिमाको दिन हनुमानको जन्म भएको शास्त्रले बताएको छ।
पौराणिक कथाका अनुसार भगवान शिव र हनुमान
पौराणिक कथाका अनुसार रावणको अन्त्य गर्नका लागि भगवान विष्णुले रामको अवतार लिएका थिए। त्यस समयमा सबै देवताहरुले अलग अलग रुपमा भगवान रामको सेवा गर्नका लागि अवतार लिएको पौराणिक कथामा उल्लेख छ। त्यही समयमा भगवान शिवले पनि आफ्नो रुद्र अवतार लिएका थिए। त्यसपछि उनले भगवान विष्णुसँग भक्तको वरदान प्राप्त परेका थिए। यसबाट पनि शास्त्रले हनुमान शिवकै अवतार हो भनेर पुष्टी गर्न खोजेको छ। यस अवतारमा शिव भगवानले रामको सेवा गरेका थिए र रावणको अन्त्यका लागि रामलाई सहयोग गरेको पौराणिक कथामा उल्लेख गरिएको छ। एजेन्सीको सहयोगमा

0 comments:
Post a Comment