दमक नजिक पूर्व-पश्चिम राजमार्गको लखनपुर सडक खण्डमा यात्राका क्रममा भेटिएका साधु दास।
फाल्गुन ११, दमक। ईश्वरीय वरदान प्राप्त गर्न भन्दै एकजना साधु कठिन यात्रामा निस्किएका छन् । सुतेर धर्तीलाई ढोग्दै उनी मेची–महाकाली कठिन यात्रामा निस्किएका हुन् ।
संखुवासभा नुनढाकी–८ का ३५ वर्षीय साधु नरुत्तम शरण दास मेची–महाकाली ‘दण्डवत यात्रा’मा निस्किएका हुन् । ‘आफूमा ईश्वरीय वरदान प्राप्त गर्न मैले यो कठिन यात्रा गरिरहेको छु’ बुधबार दमकमा भेटिएका उनले कान्तिपुरलाई संक्षिप्त प्रतिक्रिया दिँदै भने,‘सम्पूर्ण जगतको भलाईको कामना गर्दै नेपाल आमाको पूजा गर्न मैले यो यात्रा सुरु गरेको हुँ ।’ सुतेर धर्तीलाई ढोग्दै अघि बढिरहेका उनले १८ महिनामा यात्रा पूरा गर्ने बताए ।
असली नाम सन्तोष खनाल बताउने उनले यो यात्रा गत माघ १० गतेदेखि पूर्वीद्वार मेची पुलबाट सुरु गरेको बताए । ३१औं दिनमा यहाँसम्म आइपुगेको उनले जानकारी दिए । लट्ट कपाल, खाली खुट्टा, अर्ध साधु पोशाकमा उनी छन् । एउटा ढुङ्गा लिएर घोप्टो परी धर्तीलाई ढोग्दै उनले यात्रा गरिरहेका छन् । ‘उनको यात्राबारे सुन्दा र देख्दा निकै कठिन लाग्यो’ प्रत्यक्षदर्शी एक महिलाले भनिन् ।
पाँच वर्षदेखि खाली खुट्टा पूर्वका विभिन्न मठ मन्दिरमा पूजा गर्दै हिँडेका उनले आफ्नो असली परिचय दिन चाहेनन् । तर, लामो संवादपछि उनले आफ्नो परिचय खुलाए । ‘महाकालीसम्म पुग्दा मैले एक करोड पटक धर्तीलाई ढोग्नुपर्छ’ उनले भने । यात्राका क्रममा दैनिक दुई किलोमिटरसम्मको यात्रा गरिरहेको जानकारी दिए । बिना बन्दोबस्ती एक्लै यात्रामा निस्किएका उनले अहिलेसम्म कुनै कठिनाई नभएको बताए । ‘मेरो साथमा ईश्वर हुनुहुन्छ । म जहाँ पुग्छु । उहाँले जे व्यवस्था गरिदिनु हुन्छ मैले त्यही खाएर त्यही बस्दै आएको छु’ उनले भने ।
स्व.प्रभाकर र चन्द्रकलाका चार सन्तानमध्ये उनी साइँला छोरा हुन् । उनका माइला दाजु छात्रपति जङ्गीबाबा पनि साधु हुन् । जङ्गीबाबाले २८ वर्षअघि परिवार त्यागेर हिँडेका थिए । उनी अहिले लखनपुर–१ स्थित गौरीशंकर शिवालयका पूजारी छन् ।
Source:eKantipur

0 comments:
Post a Comment