
त्यतिबेला गोरखामा मोटरबाटो पुगेको थिएन, पालुङटारमा विमानसथल भनेको बनेको थियो । अमृत साइन्स क्याम्पसमा पढ्ने लक्ष्य बोकेर उनी पालुङटार विमानस्थलबाट जहाज चढे । हवाइजहाजको भाडा ४४ रुपैयाँ थियो । दुई सय रुपैयाँ नगद, चामल, घिउ, दाल र गुन्द्रुक बोकेर काठमाडौँ आए बाबुराम । गाउँकै चिनजानका व्यक्तिकोमा पहिलो रात बित्यो । दोस्रो दिन उनी जेठाबाको छोरासँगै ठमेलको सडकछेउमै खोजेको डेरामा बसे । तर, त्यहाँको धूलो–धूवाँ र गाडीको हरदम कर्कश आवाजले बाबुरामलाई त्यहाँ बसन टिक्न दिएन । दोस्रो दिन नैं सरस्वती क्याम्पसअगाडीपट्टिको घरमा ५० रुपैयाँ मासिक भाडा तिर्ने गरी कोठमा भेटे र सरिहाले । डेरा सरिसकेपछि उनले थाहा पाए, त्यो त कवि लेखनाथ पौड्यालको घर रहेछ । भनिन्छ, हरेक मान्छे जीवनमा दुईचोटी कवि बन्छ । वयस्क र बृद्ध अवस्थामा । बाबुराम कवि त बनेनन् तर लेखनाथ पौड्यालको घरमा बस्ने थालेपछि उनमा साहित्यप्रतिको रुचि भने बढेर गयो । उनले त्यहाँ बस्दा साहित्यिक पुस्तक खुब पढे । लेखनाथको भैतिकर शरीर परलोक भइसकेको भए पनि उनको त्यस घरले बाबुरामलाई दिएको प्रेरणा उच्चस्तरको रह्यो । हरेक विषय र क्षेत्रका पुस्तक पढ्न रुचाउने बाबुराम सबै विषयमा उत्कृष्ट थिए ।
सबै विषयमा उत्कृष्ट अङ्क प्राप्त गरेर आईएस्सीमा पनि उनी प्रथम भए । सहर र गाउँबीच उहिलेदेखि नै ठूलो खाडल छ । एक त सहरका त्यसमाथि अङ्ग्रेजी विद्यालयमा पढेकाहरुले गाउँका सरकारी विद्यालयमा पढेर आएकालाई हेप्नु सामान्य थियो । तडक भडक देखाउने, अङ्ग्रेजीमा बोल्ने, गाउँबाट आएकालाई हेप्ने सहरिया प्रवृत्ति थियो । अहिले पनि त्यो समस्या छ । कहाँको सेन्ट जेभियर्समा पढेर आएका सहरिया सम्भ्रान्त वर्गका छोराछोरी, कहाँ खोप्लाङे बाबुराम रु बाबुराम पनि त्यो विभेदको सिकार बने । तर, जब आईएस्सीमा अङ्ग्रेजी विषयमा सर्वोत्कृष्ट र सामान्य परिणाममा सबैलाई उछिने, उनलाई हेर्ने विद्यार्थी दृष्टिकोणमा पनि बदलियो । पत्रकार अनिल थापाले लेखेको पुस्तक ‘अविराम बाबुराम’को एक अंश०
0 comments:
Post a Comment