डा दीपेन्द्र कार्की,

थाइरोइड तथा मधुमेह रोग विशेषज्ञ

पछिल्ला बर्षहरुमा नेपालमा थाइरोइड तथा मधुमेहका रोगीहरु दिन प्रतिदिन बढ्दै गएका छन् । पहिले–पहिले उचित परीक्षण नभएर र जनता स्वास्थ्य प्रति सचेत नभएका कारण अस्पतालहरुमा यी रोगीहरु आउन नसके पनि हिजो आज भने यस्ता रोगीहरुको घुइँचो लाग्ने गरेको छ । थाइरोइड र मधुमेह रोगले दिर्घकालमा मानव जिवनलाई धेरैथरी असर पु¥याउने कारण यी रोग प्रति सचेतना बढ्दै गएको देखिन्छ । जसमा मिडियाको भुमिका उल्लेख्य रहेको छ ।

के हो थाइरोइड ?
घाँटीको अघाडी पट्टी मुनीतिर एउटा ग्रन्थी हुन्छ थाइरोइड ग्लान्ड त्यसले हर्मोन बनाउने गर्छ । ‘टी थ्री’ र ‘टी फोर’ भन्ने त्यो हर्मोनले शरीरको गतिविधिहरुलाई कन्ट्रोल गर्ने काम गर्छ । उक्त हर्मोन गन्थ्रीले कहिले–काँही कम वा बढी बनाउने दुई प्रकारको समस्या हुन्छ । जस्तो ‘टी थ्रि’ र ‘टी फोर’ भन्ने हर्मोन कम बनायो भने त्यसलाई हाइपो थाइरोडिजम भनिन्छ ।
अर्को प्रकारको समस्यामा ‘टी थ्रि’ र ‘टी फोर’ भन्ने हर्मोन बढी उत्पादन हुन्छ । त्यसलाई हाइपर थाइराइडीजम पनि भनिन्छ । नेपालको सन्र्दभमा धेरै जसो कम अर्थात हाइपो थाइरोडिजम देखिएको छ । ग्लान्डले कम हर्मोन उत्पादन गर्ने अवस्था देखिएको छ ।

किन हुन्छ थाइरोइड ?thairied
थाइरोइड हुने विविध कारणहरु रहेका छन् । खासगरी पहिला पहिला शरिरमा आयोडिनको कमीले यो रोग देखिन्छ भन्ने विश्वास थियो । तर आजभोली सबैले आयोडिनयुक्त खाना नै खान्छन् । खाँदा पनि किन हुन्छ त त्यो ? त्यो रिसर्चको विषय हुन सक्छ । धेरै जस्तो अवस्थामा हाम्रै शरीरले एन्टीवडी बनाएर थाइरोइड हर्मोन बन्ने प्रकृयालाई नै अबरुद्ध बनाएर हर्मोन नबनेको हो की भन्ने देखिन्छ । तर कारण यही हो भन्न चाँही गाह्रो छ । तरपनि अहिलेको अवस्थामा विभिन्न केमीकलयुक्त खानपान पनि एउटा कारण हुनसक्छ ।

थाइरोइडको उपचार
थाइरोइडको लक्ष्यणहरु देखियो भने हामी टेष्टहरु गराउँछौ । त्यसमा हाइपो वा हाइपर थाइराइड भएको देखियो भने हाइपो थाइरोइडीजमको उपचार भनेको थाइरोक्सिन सप्लीमेन्ट गर्ने हो । सरल भाषामा भन्दा थाइरोइड हर्मोन जुन ग्रन्थीले बनाउनु पर्ने हो त्यँही नै ट्याप्लेटको रुपमा थाइराइड हर्मोन दिने हो । औषधीको मात्रा १२.५ देखि लिएर १०० एमजी भन्दाबढी पनि हुन्छ । औषधीको मात्रा प्रयाप्त भए वा नभएको प्रत्येक ४ देखि ६ हप्तामा टेष्ट गरेर निर्धारण गरिन्छ र टेष्टको रिर्पोट अनुसार मात्रा निर्धारण गरिन्छ । त्यसैगरी हाइपर थाइरोडिजम देखिएमा पहिला थाइरोइड स्क्यान गरिन्छ । थाइरोइड स्क्यानले उपचार गर्नुपर्ने वा नपर्ने थाहा हुन्छ । उपचार गर्नुपरे ३ विकल्प हुन्छ । औषधी उपचार गर्ने, रेडियो आयोडिन कलेक्शन र शल्यक्रिया गर्ने आदि ।

थाइरोइडका मुख्य लक्ष्यण
मान्छेमा खाना रुची नहुने, तैपनि मोटाउँदै जाने, डिप्रेसन हुने, अत्याधिक थकान हुनु, कपाल झर्नु, कोलोष्टोरल बढनु, महिनावारी गडबढ हुनु, बाँझोपना हुने, खुट्टा सुन्निनु, अत्याधिक दिशा लाग्नु, घाँटी सुख्खा हुनु, मुटुको चाल बढनु, शरिर झमझम गर्नु, अल्छी हुने, धेरै काम गर्न मन नलाग्ने, महिलाहरुको महिनावारीको बेला धेरै रगत बग्नु, जाडो सिजनमा छालाहरु बढी फुट्ने आदि यस रोगका मुख्य लक्ष्यण हुन ।

समयमै उपचार नभए के हुन्छ ?dp karki

शरीरको सबै अंग चलाउने हर्मोनको कन्ट्रोल यसले गर्ने भएकोले सबै सिस्टममा पछी यसले असर गर्ने गर्छ । यसको असरको रुपमा नराम्रा खालका समस्याहरु देखा पर्न सक्छन । तर समयमा यसको पहिचान भयो र सप्लीमेन्ट औषधीहरु हामीले गर्न सक्यौ भने त्यसले शरीरलाई धेरै फाइदा पुग्छ ।

थाइरोइड रोगीले के खाने के नखाने ?

यो रोगमा खासै केही वारिरहनु पर्ने चीज छैनन् । तर बन्दाकोभीहरु, मुला, सलाद आदिमा गोइडोजेन भन्ने तत्वहरु हुन्छ । तर यस रोगीको लागि यो वा त्यो खानुस् नखानुस् हामी भन्दैनौ ।

मधुमेह के हो ?

रगतमा चिनीको मात्रा बढी भयो भने त्यसले शरिरमा नकारात्मक असरहरु देखाउँछ । जसलाई मधुमेह भनिन्छ । शरिरमा एउटा पेनक्रियाज ग्रन्थी हुन्छ, त्यसले इन्सुलिन बनाउँछ । इन्सुलीनको काम खाना खाइसकेपछी खाएको कुरा रगतमा ग्लुकोजमा परिणत हुन्छ । त्यसको उपयोग गर्न मद्धत गर्छ । इन्सुलिनको काम त्यो ग्लुकोजलाई हरेक कोशिकाले इनर्जीको रुपमा लिन मद्धत गर्छ । मधुमेह भन्ने रोगमा कि त इन्सुलिन स्वभाविक रुपमै बनिरहेको हुन्छ कि त कम बनाउँछ । त्यो आधारमा दुइ प्रकारका डाइभिटिज भन्छौ हामी । पहिलोमा अर्थात टाइप वान डाइविटिजमा प्यानक्राजले थोरै मात्रामा इन्सुलिन बनाउँछ । या त बनाउँदै बनाउँदैन । जसले गर्दा शरीरले ग्लुकोज प्रयोग गर्न सक्दैन । त्यसकारण त्यो समस्या देखा पर्दछ । दोश्रोमा खालको डाइविटीजमा शरीरले इन्सुलिन बनाउँछ । तर इन्सुलिन शरीरले प्रयोग गर्न सकिरहेको हुदैन । अर्को कहिलेकाँही जेष्टेस्टनल डाइविटिज पनि हुनसक्छ । यो विशेषगरी गर्भ अवस्थामा देखिने मधुमेह हो ।

मधुमेह भएको कसरी थाहा पाउने ?madhumeya
सामान्यतया धेरै तिर्खा लाग्नु, धेरै खान मन लाग्नु, पिसाव बढी लाग्नु, कमजोरी आलस्य र थकान महसुस हुनु, घाउचोट निको हुन धेरै समय लाग्नु, दृष्टि धमिलो हुने र हातगोडा पोल्ने, मान्छेमा अरु रोग नभएपनि तौल घटदै जाने लगायत लक्षण देखिए डाइभिटिज भएको हुनसक्छ ।
मधुमेह र अन्य रोगबीच सम्बन्ध
अरु रोगसँग मधुमेहको सम्बन्ध हुन्छ भन्ने हुदैन । तर डाइभिटिज रोगसँग–सँगै अरु रोगहरु पनि भए बढी नकारात्मक असर हुन सक्नेछन । डाइभिजिट पुरै सञ्चो भैहाल्ने रोग होइन । यसलाइ औषधी खाएर वा इन्सुलिन लिएर कन्ट्रोलमा राख्न सकिन्छ । औषधी खाने अनि निको हुन्छ र छाड्ने भन्ने चाँही सामान्यतया हुदैन ।thairied

मधुमेहको उपचार पद्धती

डाइभिटिज टाइप वान र टु भन्ने छ । टाइप वान जसको इन्सुलिन नै बन्दैन । त्यसको उपचार पद्धती भनेको हामीले इन्सुलिन दिनुपर्ने हुन्छ । टाइ टु डाइभिटिज भनेको सामान्यतया चालिस बर्ष भन्दा पछिको मान्छेलाइ लाग्ने गर्दछ । यसमा मुखबाट खाने ट्यालेट दिनुपर्छ कि इन्सुलिन दिनु पर्ने हुनसक्छ ।

मधुमेहका विरामीलाई सल्लाह
विरामीहरुलाई सुगर अथवा चिनी रोग भनेर डराउनु पर्ने र एकदमै नराम्रो असर गर्छ भन्ने जुन जनमानसमा डर फैलिएको छ । त्यो सत्य भने होइन । तर यसले विस्तारै गरेर असर गर्ने गर्छ । त्यही भएर आफुलाई लक्ष्यण देखिएको खण्डमा तुरुन्तै उपचार गराउनु पर्ने हुन्छ । यसको उपचारको लागि राजधानीको गोंगबुमा रहेको गोसाइकुण्ड स्वास्थ्य केन्द्रमा जान मेरो व्यक्तिगत सल्लाह रहन्छ । त्यसको आलवा सम्बन्धि विशेषत्र डाक्टरको मान जान सकिन्छ ।

(गोसाइँकुण्ड स्वाथ्य सेवा केन्द्रमा कार्यरत डा  कार्की बिजनेसपाटी डटकमले गरेको कुराकानीमा आधारित )

प्रकाशित मिति : २०७२-११-१५

Source: Businesspati

0 comments:

Post a Comment

 
Top