gaadi
काठमाडौं, १६ फागुन ।

काठमाडौं उपत्यकामा दैनिक ६ लाखभन्दा धेरैको संख्यामा सवारीसाधन गुड्ने गरेको यातायात व्यवस्था विभागको तथ्यांकले देखाएको छ । बागमती अञ्चलमा मात्रै नौ लाख २२ हजार नौ सय सवारीसाधन दर्ता भएका छन् ।

अाजको नयाँ पत्रिकामा खबर छ– दर्ता भएकामध्ये अधिकांश सवारीसाधन उपत्यकाभित्र रहेका छन् । तथ्यांकअनुसार दर्ता भएकामध्ये ७० प्रतिशत सवारीसाधन दिनको एकपटक सडकमा निस्कन्छन् । यस आधारमा उपत्यकाभित्रका सडकमा मात्रै दैनिक ६ लाख ४६ हजार ३० सवारीसाधन गुड्ने गर्छन् ।

विभागका अनुसार उपत्यकाभित्र गुड्ने सवारीसाधनमध्ये सबैभन्दा धेरै मोटरसाइकलको संख्या रहेको छ । बागमती अञ्चलमा मात्रै सात लाख २२ हजार सात सय २२ मोटरसाइकल दर्ता भएका छन् । दर्ता भएकामध्ये अधिकांश मोटरसाइकल उपत्यकाभित्रकै सडकमा सञ्चालन हुन्छन् । विभागले उपत्यकामा बाहिर दर्ता भएका सवारीसाधन पनि सञ्चालन हुने गरेको जनाएको छ । तथ्यांकअनुसार ६० प्रतिशत सवारीसाधनको दर्ता उपत्यकाबाहिर छ । तर, विभागसँग उपत्यकामा भित्रिने सवारीसाधनको तथ्यांक छैन ।

बागमती अञ्चलमा दर्ता भएका सवारीसाधन
बस – १०,३७९
मिनीबस– ९,८३५
ट्रक–मिनीट्रक – १८,९२९
क्रेन, रोलर, एक्जाभेटर – ६,५३५
कार, जिप, भ्यान – १,२५,४३९
पिकअप – १७,१७०
माइक्रोबस – २,१२३
टेम्पो – २,५२८
ट्रयाक्टर – २,९०८
एम्बुलेन्स – ५४७
सिडी युएन – ३,७८७
मोटरसाइकल – ७,२२,७२२
जम्मा ९,२२,९००

0 comments:

Post a Comment

 
Top