सुनसरी, ११ फागुन – सरकारले स्थानीय तह निर्वाचनको घोषणा गरेपछि संयुक्त मधेसी मोर्चा आन्दोलित बनेको छ।
मोर्चाले आज (बुधबार) तराईका २२ जिल्लामा बन्दको आह्वान गरेको छ। बन्दका कारण तराईको जनजीवन प्रभावित बनेको छ। बन्दका कारण लामो तथा छोटो दूरीमा चल्ने सवारी साधन पूर्ण रुपमा चल्न सकेका छैनन् भने शैक्षिक संस्था समेत ठप्प रहेका छन्।
बन्दको प्रभाव सिरहा, सप्तरी, सुनसरी र मोरङ्मा बढी देखिएको छ। झापामा भने बन्दको कुनै पनि प्रभाव छैन। सिरहा र सप्तरीमा यातायातका साधान, बजार तथा पसल बिहानैदेखि बन्द रहेका छन्।
बैशाख ३१ गते सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरेपछि संयुक्त मेधेसी मोर्चा आन्दोलित भएको हो। मोर्चाले पहिले संविधान संसोधन गरेर मात्र निर्वाचनको घोषणा गर्न माग गरेको थियो। संविधान संसोधन गरेर निर्वाचन गर्दा ढिला हुने भन्दै सरकारले गत सोमबार निर्वाचनको मिति घोषणा गरेको थियो।
बन्दको अघिल्लो दिन (मंगलबार) बेलुका संयूक्त मधेसी मोर्चा रंगेलीले रङ्गेलीस्थित काली मन्दिरबाट विरोध स्वरुप राँके जुलुस निकालेको थियो।डीसीनेपालीको सहयोगमा

0 comments:
Post a Comment